अमरगढी नगरपालिका–७ मा डेढ करोडभन्दा बढीका योजना पूरा भएका छन् । चालु आर्थिक वर्षमा २१ योजना पूरा गर्न एक करोड ५२ लाख रुपियाँ खर्च भएको छ । पोखरा क्षेत्रका २१ वटा टोलमा पक्की बाटो निर्माण गरिएको छ । त्यस्तै पिसिसी बाटो निर्माणमा ८० लाख रुपियाँ खर्च गरिएको वडाध्यक्ष खड्क बोहराले जानकारी दिनुभयो । सातौँ वडा भेला कार्यक्रममा चालु आर्थिक वर्षको योजना र खर्चबारे जानकारी दिँदै वडा सचिव लोकराज पाठकले सबै योजना पूरा भइसकेको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदन दिनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।
सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ । वीरेन्द्रनगर नगरपालिका–९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार कागजपत्र नमिलेको भन्दै झन्झट र दुःख दिने गरिएको छ । अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज भएन । वीरेन्द्रनगर नगरपालिका–३ का ४१ वर्षीय जीवन शाहीले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताउनुभयो । प्रदेश अस्पतालका स्वास्थ्य बिमा ‘फोकल पर्सन’ रामप्रसाद भण्डारीले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही प्रदेश अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने एक कर्मचारी बराबर दुईदेखि साढे दुई सय सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ ।
हिमाली जिल्ला म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण कार्य सात वर्ष बित्दा समेत पुरा हुन सकेको छैन । सरोकार पक्षको ताकेता नहुँदा र ठेकेदारको बदमासीका कारण सात वर्षदेखि भवन अलपत्र अवस्थामा रहेको छ ।
सानीभेरी गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथि आक्रमण गरेको आरोपमा सानीभेरी गाउँपालिका–३ का गोविन्द ओलीलाई प्रहरीले पक्राउ गरेको । इन्जिनियर लम्सालले योजनाको लागत रकम कम मूल्याङ्कन गरेको भन्दै ओलीले कुटपिट गरेको बताइन्छ । सानीभेरी गाउँपालिका–९ स्थित सिम्ली बजारबाट कार्यालय जाँदै गर्दा इन्जिनियर लम्सालमाथि कुटपिट भएको हो ।
नेकपा (एमाले)को कार्यालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।
रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो ।
राजनीतिक दल समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिको समूह हो र यो सङ्गठित हुन्छ। यो अविछिन्न उत्तराधिकारवाला र स्वशासित सङ्गठित कानुनी व्यक्तिसरह संस्था हो। जनतामाझ राजनीतिक चेतना फैलाउने, राजनीतिक, सांस्कृतिक, आर्थिक कार्यक्रम सञ्चालन गर्ने, सङ्गठन निर्माण गर्नेदेखि लिएर सरकारको स्थापना र नियन्त्रण, कानुन तथा नीति निर्माण गर्ने, सरकारका अनुचित गतिविधिका आलोचना गर्ने काम राजनीतिक दलले नै गर्दछन्। राजनीतिक दलको भूमिका स
सरकार सुशासन कायम गराउन दृढतापूर्वक लागेको नेपाली जनताले महसुस गर्न थालेका छन्। एकपछि अर्को क्रमशः भ्रष्टाचारका फाइल खोल्न थालिएका छन्। भ्रष्टाचार निवारण र सुशासनको पक्षमा कोही कसैसँग सम्झौता नगर्ने र विगतका सबै काण्डमाथि छानबिन गर्ने हो भने आगामी दिनमा भ्रष्टाचार गर्नेहरू निरुत्साहित हुने छन्। सरकार प्रमुखको रूपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको पक्षमा नयाँ ढङ्गबाट अघि बढेको पटक पटक घोषणा गर्नुभएको छ। त्यति मात्र होइन अझ एकदम अघि बढेर प्रधानमन्त्रीले सरकार रहला नरहला चिन्ता छैन आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
हामीले हाल प्रयोग गरेका कतिपय एप, सफ्टवेयर र इलेक्ट्रोनिक साधन नियमित अध्यावधिक नगर्दा के हुन्छ ? काम नलाग्ने हुन सक्छन्। अर्थात् कम सान्दर्भिक बन्न पुग्छन्। यिनलाई सान्दर्भिक बनाउन कम्पनीले नै समय सापेक्ष अद्यावधिक हुने व्यवस्था गर्दछ। समाज वा सङ्गठनमा कार्यरत जनशक्तिको उमेरमा विविधता हुनु अस्वाभाविक भएन। पुरानो पुस्तासँग पुरानो अनुभव र नयाँ पुस्तासँग नयाँ ज्ञान बढी हुन सक्छ। नियमित अध्यावधिक नहुने हो भने पुरानो पुस्ता उमेर मात्र नभएर सोच र संस्कारमा पनि नयाँ पुस्ताभन्दा फरक हुन सक्छ। समयअनुसार अध्यावधिक नभएको मेसिन वा उपकरण जस्तै असान्दर्भिक
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर परिसरमा विभिन्न संरचना निर्माण भइरहेका छन्। सदरमुकाम मन्थलीबाट २० किलोमिटर दुरीमा रहेको चर्चित शक्तिपीठ खाँडादेवी मन्दिर परिसरमा सहरी विकास मन्त्रालयको बजेटमा पुरातात्त्विक हिसाबले संरचना निर्माण भइरहेको हो।
दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका–५, इविथानमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको बालउद्यान अझै सञ्चालनमा आउन सकेको छैन। आवतजावतमा सहज नहुँदा निर्माण भएको दुई वर्ष बित्नै लाग्दा पनि यो बालउद्यान सञ्चालनमा आउन नसकेको वडा नं. ५ का वडाध्यक्ष सुन्दर खड्काले बताउनुभयो। बालउद्यान प्रदेश सरकारको एक करोड ५३ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो।
रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिका ऐतिहासिक र धार्मिक महत्त्वको नगरपालिका हो तर पनि यो नगरपालिका विकासमा पछाडि परेको छ। गढीमाई मन्दिरको नामबाट नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकामा पर्ने समनपुर भन्ने स्थानमा नेपाल र अङ्ग्रेजबिच युद्ध भएको थियो। उक्त स्थानलाई लडैया समनपुर पनि भनिन्छ। बागमती नदीको किनारमा अवस्थित यो नगरपालिकालाई बागमतीको दुःख पनि भनिन्छ। गढीमाई नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसँग गोरखापत्रका यादवराज पुरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।
बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।