बङ्गलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विपक्षमा सत्तापक्षकै प्रदेश सभा सदस्यहरू उभिनुभएको छ ।
अधिकांश युवा काम गर्न होस् वा पढ्नका लागि विदेश जाने योजना बनाउने गर्छन् । तर कैलालीको लम्कीचुहा नगरपालिका १७ वर्षीय विज्ञान सञ्जाल भने नेपालमै रोजगारी खोज्ने बताउनुभयो ।
कान्ति लोकपथको मकवानपुरतर्फको भागमा बिहीबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक साँझ ८ बजेपछि सञ्चालनमा आएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ बिहीबार सफलता हात पारेका छन् ।
नेकपा (एमाले) को सचिवालय बैठक असार ३० गते शनिबार बिहान ११ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक विषयमा समीक्षा हुने बताइएको छ ।
पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका सदस्यहरूसहित स्व.सीता दाहालको निधनमा बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकसँग भेटघाट गर्नुहुँदै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार स्व. सीता दाहालको माओवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको स्थानीय नेताहरूले चर्चा गर्नुभएको छ ।
समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पन्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।
मकवानपुर प्रहरीले सुन र अवैध कपडा र खाद्यान्नसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुनसहित अवैध सामान बरामद गरेको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको साउन २ गते बस्ने केन्द्रीय कार्य समिति बैठकका विषय पदाधिकारी बैठकले तय गर्ने भएको छ ।
बुधबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो। छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो। सन्तान यही जन्मिए उहाँका ऊर्जाशील धेरै समय पनि चितवनै बित्यो।