नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङले आफ्नो क्रियाकलापमा शतप्रतिशत प्रगति गरेको छ। वन कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० को भौतिक तथा वित्तीय क्रियाकलापमा शतप्रतिशत प्रगति हासिल गरेको हो।
बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको हो ।
गुल्मीमा पहिलो पटक माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरूको मागलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक माटो परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो ।
जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै प्रलोभनमा पार्ने केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताउनुभएको छ ।
सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारको रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेविरूद्ध चौतर्फी घेराबन्दी जारी रहेको बताउनुभएको छ । हरेक बिषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी बिदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्वद्व प्रचार तथा प्रकाशन कमिटीले कार्ययोजना बनाएर जनता माझ पुगाउन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो ।
हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक पुन: अवरुद्ध भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ ।