सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ ।
हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष ०७९-८० को साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अन्तरालमा मधेश प्रदेशका ८ वटै जिल्लामा राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ भने, आचरण विपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको छ ।
वर्षाका कारण पहिराे खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठालापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
मोलुङ गाउँपालिकाका १५ जना भूमिहीन सुकुसम्बासीलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गरिएको छ ।
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।
पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।
यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाइ झापाले पहिलो पटक झापाको मेची नगरस्थित मेची कृषक बहुमुखी सहकारी संस्थामार्फत यो कार्यक्रम सुरु गरेको हो ।
नेपाली सेनाले नेपाली नागरिकसँगको ऐतिहासिक सम्बन्ध जीवन्त बनाउन निरन्तर यस्ता गतिविधिलाई जोड दिएको ढकालले बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
जिल्ला अदालत काठमाडौंले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गरेको छ।