युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
गायक शिव सागर खड्काको स्वरमा ‘मलाई खोज्नु पर्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक खड्काकै रहेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
कागजातहरू शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।
पाकिस्तानमा बौद्धधर्म दर्शनका बारेमा बृहत् छलफल भएको छ । त्यहाँस्थित नेपाली दूतावासको आयोजनामा अन्तरक्रिया एवम् धर्मदेशना कार्यक्रमको आयोजना गरिएको हो ।
कनकाई माईमा आएको बाढीका कारण झापा गाउँपालिकाको वडा नं १ र २ का ६४ घर डुबानमा परेका छन् ।
नेपाल वादोरियो कराते डो सङ्घले अमेरिकामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार)दोहोरो अङ्कले ओरालो लागेको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताउनुभएको छ ।
यू–१६ युथ लिग शुक्रबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको छ ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।
सरकारले खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । असार २६ गतेको मन्त्रिपरिषद् निर्णयले सो निर्णय गरेको हो ।
तम्घासदेखि अग्लुङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको डबल क्याप जिपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा प्रदेश निजामती किताबखाना सञ्चालनमा आउनु सुखद भएको बताउनुभएको छ ।