रमेश विश्वकर्मा
गुल्मी, आषार २८ गते । गुल्मीमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । बिहीबार जिल्लाको रेसुङ्गा नगरपालिका-४ रैदीस्थित तम्घास सिमलटारी पक्की सडक खण्डमा तम्घास सवारी दुर्घटना भएको हो ।
तम्घासदेखि अग्लुङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको डबल क्याप जिपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिपमा सवार ६ जनामध्ये ४ जना घाइते भएका हुन् । घाइतेहरूको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, प्युठान गौमुखी गाउँलिकाका २२ वर्षीय यम बुढा, गुल्मी मदाने गाउँपालिका-१ अग्लुङ्गका २१ वर्षीय लक्ष्मण जि.सि. प्युठान गौमुखी गाउँपालिका –१ अर्खाका २१ वर्षीय नवीन बुढा, सोही स्थानका २८ वर्षीय चन्द्र मगर घाइते भएको प्रहरीले जनाएको छ ।