बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता लिएको देखिन्छ । नागरिकता लिएको दुई दिनपछि एउटा जग्गाको टुक्रा पनि किनेको प्रमाण छ ।
बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो ।
अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
आम पाठकका लागि पुष्कर लोहनी एउटा सन्दिग्धताको नाम हो, जसलाई पढ्दा होस पु-याउनुपर्छ । किनभने उनी ‘वर्जित क्षेत्र’ का स्रष्टा हुन् । समालोचक तथा अध्येताहरूका लागि उनी चुनौती हुन्, किनकि उनको अध्ययनको दायरा ज्यादै फराकिलो छ र अलिकति भुलचुक भयो भने उनीमाथि न्याय गर्नै सकिन्न । एकल लेखनका कृतिहरूमा चहकदार मइन्टोल र पिलपिले लालटिन, धरहराको टुप्पो र अदृश्य मान्छे जस्ता पुस्तक देखापर्छन् जबकि आकाश विभाजित छ, पीपलबोट र केराको थाम जस्ता केही कृति सहलेनखमा प्रकाशित छन् । उमेरले पचासी छोइसकेका लोहनीले एकल कृतिको स
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
गुल्मीको दरबार गाउँपालिका–२ का झुमानसिंह थापालाई बाँदरले हैरान बनाएका कारण बारीमा लगाएको खेती जोगाउन सारै मुस्किल परेको छ। एकाबिहानैदेखि राति अबेरसम्म बारीको बास हुँदासमेत बाँदरले झुक्याएर मकै बाली नष्ट गरिदिने गरेको भन्दै उहाँले स्थानीय सरकारसँग बाँदर नियन्त्रण गरिदिन आग्रह गर्नुभएको छ।
कपुरकोट गाउँपालिकाले बहृत् हस्तकला तथा लघुउद्यम प्रदर्शनी आयोजना गरेको छ। ‘उद्यम गरौँ उद्यमशीलताको विकास गरौँ’ भन्ने उद्देश्यले पालिकाभित्रका हस्तकला तथा लघुउद्यमका सामग्री प्रदर्शनीमा राखिएको बताइन्छ। प्रदर्शनीमा चोयाको डोको, सल्यानी खुकुरी, चोयाको पेरुङ्गो, साबुन, सर्फ, चोयाको डालो, कागजको लेदोबाट बनेको मूर्ति, गुडियालगायतका सामग्री राखिएको थियो।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
छेडेगाड नगरपालिकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गरेपछि एक क्रेट अन्डा दिने निर्णय गरेको छ। शतप्रतिशत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउने वातावरण तयार गर्न गर्भ जाँचपछि अन्डा वितरण गर्न थालिएको हो। आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले कम्तीमा आठ पटक गर्भ जाँच गराउनु पर्ने व्यवस्था गरेको छ। भौगोलिक विकटता दुर्गम गाउँबस्तीका महिला स्वास्थ्य संस्था पुग्न नसक्दा घरमै असुरक्षित सुत्केरी गराइँदा आमा र बच्चाको ज्यान जोखिममा पर्दै आएको छ। गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्ने वातावरण निर्माण गर्न साउन १ देखि लागु हुने गरी अन्डा वितरण अभियान थालिएको हो।
सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारका लागि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएकाले बैठक सारिएको हो। बुधबार ३ बजे बजेटमाथि छलफलका लागि प्रदेश सभा बैठक बस्ने कार्यसूची तय गरिएको थियो। प्रधानमन्त्री दाहालकी पत्नीको निधन भएकाले बैठक स्थगित गरिएको कार्यव्यवस्था परामर्श समिति सदस्य डा. ताराप्रसाद जोशीले बताउनुभयो।
शुक्लाफाँटा नगरपालिकाले बहुवर्षे गौरवका योजनालाई उच्च प्राथमिकता राखेको जनाएको छ। चक्रपथ निर्माण, कभर्ड हल तथा खेल मैदान निर्माण, खानेपानी योजना, कोल्ड स्टोर निर्माण, दीर्घकालीन परियोजना निर्माण गरिरहेको छ। यस अन्तर्गत नगरपालिकाभर डुबान क्षेत्रको पहिचान तथा बाढीको पानी निकासका लागि विस्तृत योजना, नगर यातायात गुरुयोजना र सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० बनाएको छ। पालिकाले एसियाली विकास बैङ्क अन्तर्गत ४.७ किलोमिटर पक्की सडक रहेको छ। यससँगै चार वटा वडा कार्यालय र नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण गरेको छ। नगरपालिकाले नगर चक्रपथ, खानेपानी योजना लक्ष्मीपुर, नगरधस्तरीय कभर्ड हल निर्माणलगायतका योजनाको काम सुरु गरेको हो।
परशुराम नगरपालिका–८, जमरानीका मीना लुहारले बाटोमै बच्चा जन्माउनुभएको छ। गाउँमा सडक र अस्पतालको पहुँच नभएका कारण उहाँले बाटोमै बच्चा जन्माउन बाध्य हुनुभएको हो। परशुराम नगरपालिका–८ की कविता धमलाका अनुसार मङ्गलबार बेलुकी उहाँलाई प्रसव पीडा सुरु भएको हो। त्यसपछि पिठिउँमा बोकेर सादनी स्वास्थ्य चौकी लैजाने क्रममा बेलुकी ६:३० बजे लामिगडाको जङ्गलमा शिशु (छोरा) को बच्चा जन्मिएको हो।
बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम हो। बेनी जिल्लाका छ वटा स्थानीय तहमध्येको एक मात्र नगरपालिका हो। यो नगरपालिका साबिकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिँगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर निर्माण गरिएको हो । यो नगरपालिकाको म्याग्दीका मङ्गला र रघुगङ्गा गाउँपालिका, बागलुङ र पर्वत जिल्लासँग सिमाना जोडिएको छ। बेनीको क्षेत्रफल ७६.५७ वर्ग किलोमिटर छ। २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ६९७ रहेको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा सुरत केसी निर्वाचित हुनुभएको हो । बेनी नगर प्रमुख सुरत केसीसँग गोरखापत्रकर्मी अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी :