नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपुर्ण खेलमा बिहीबार घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ। नेपाल र बङ्गलादेशबीचको खेल, ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ ५:४५ बजे सुरु हुनेछ ।
वर्षा सिजनका कारण पर्यटकको चलहपल हुने राउण्ड अन्नपूर्ण क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकका लागि उपयुक्त मौसम नभएका कारण यस क्षेत्रमा पर्यटक आउन छाडेसँगै अन्नपूर्ण पदयात्रा मार्ग सुनसान बनेको हो ।
अखिल नेपाल कबड्डी सङ्घको अध्यक्षमा तुलसा थापा पुन: निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । पूर्व– पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका –९ चौधमाईस्थित सडक खण्डमा बुधबार हेटौँडाबाट मनहरीतर्फ जाँदैगरेको ना.१ ज ७७०१ नम्बरको म्याजिक गाडीले सोही दिशाबाट जाँदैगरेको ना २८ प १०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको १० अर्ब ९३ करोड पाँच लाख रुपियाँ बजेट खर्च हुन सकेन । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब आठ करोड सात लाख ५६ हजार रुपियाँमध्ये २४ अर्ब १५ करोड एक लाख ८५ हजार रुपियाँ बजेट खर्च गरिएको छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्म पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेको छ ।
टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित निकालेका छन् ।
बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग ।
मेची राजमाग अन्तर्गत फिदिमइलाम सडक खण्डमा सवारी साधन (लोबेट)को ठक्कर बाट एक जनाको निधन भएको छ।
सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
“देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो। पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ।
नेपाल समाजवादी पार्टीले साउन १ गतेदेखि पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ । नेसपाका प्रचार विभाग प्रमुख विश्वद्विप पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै ६ महिनासम्म सो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गर्दै साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभएको हो।