दोलखाको शैलुङ गाउँपालिकाका किसान तेजबहादुर कार्कीले ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको छ । गाउँपालिका-८ भैँसेका किसान कार्कीले आलुखेती गर्न लागेको निक्कै समयपछि पहिलो पटक ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको हो ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री मोदीले आज दुःख व्यक्त गर्नुभएको हो ।
जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी कोल्टी सडक निर्माण कार्य भने अझै सम्पन्न भएको छैन
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति मन्त्रिपरिषद बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।
नयाँ नागरिकता ऐन अनुसार बारा जिल्लाबाट करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् ।
बर्दिवासको प्रमुख स्वास्थ्य समस्या बनेको डेङ्गुविरुद्ध नगर क्षेत्रमा ‘लारभिसाइड’ औषधि स्प्रे गर्न सुरु गरिएको छ ।
खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको कामै लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउदै उहाँले जति समय लागेपनि लाईनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको बताउनुभयो ।
लम्पी स्किन रोगले गाईवस्तु मर्न थालेपछि दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्किन रोगविरुद्ध कृषक गोठ अभियान सुरु गरेको छ
उत्तर कोरियाले लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताउनुभएको छ ।
इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ ।
विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ ।