पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ। यसका साथै सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पु-याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
पूर्वी नवलपरासीको देवचुली– १०, पृथ्वीनगरमा सिँचाइका लागि डिप बोरिङ परियोजना लागु गरिएको छ। अन्न तथा तरकारी बाली उत्पादनका लागि देवचुली नगरपालिकाको ६० बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ। नदी सिँचाइ प्रणालीले नछोएका र आकासेपानीको भरमा खेती गरिरहेका देवचुली नगरपालिका वडा नं. १० र ११ मा यसै वर्षदेखि परियोजना लागु भएको हो।
बुटवलमा फोहोरमैला व्यवस्थापनका लागि योजना बनाउन लागेको दुई दशक बित्यो। दुई दशकमा फोहोरमैला व्यवस्थापनका लागि धेरै छलफल र बैठक भए तर अझै फोहोर व्यवस्थापनको काम हुन सकेको छैन। सहरको फोहोर व्यवस्थापन नहुँदा उपमहानगरपालिका नेतृत्वलाई टाउको दुखाइ बनेको छ। फोहोर व्यवस्थापन गर्ने वाचा गर्दै चुनाव जितेका जनप्रतिनिधि व्यवस्थापन गर्न नसक्दा नागरिकलाई प्रस्ट जवाफ दिन नसक्ने अवस्थामा पुगेका छन्।
भक्तपुर थिमिस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालको क्षमता विस्तार गरिने भएको छ। अस्पताललाई १५० शय्या निर्माणका लागि सम्झौता समेत भएको छ। मङ्गबार आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई क्षमता विस्तार गर्न एक अर्ब २५ करोड ४० लाख लगानी हुने र पाँच वर्षभित्र पूरा गरिसक्ने लक्ष्य छ।
रामेछापको मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र अवस्थामा छ। बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा उक्त चिस्यान केन्द्र निर्माण भएको हो। आर्थिक वर्ष २०७८/७९ देखि नै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र अझै सञ्चालनमा आउन नसक्दा यस जिल्लामा उत्पादन हुने जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु, तरकारी उत्पादन गर्ने किसानले लाभ लिन सकेका छैनन्।
नेपाली कथानक चलचित्र ‘बिहे पास’ पुनः प्रदर्शन हुने भएको छ । असार २९ गते शुव्रmबार ‘बिहे पास’ प्रदर्शन हुन लागेको हो । दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र यसअघि नयाँ वर्षको छेको पारेर वैशाख १ गते प्रदर्शन भएको थियो । तर त्यही दिन दयाहाङ नै मुख्य भूमिका रहेको अर्को चलचित्र ‘जारी’ पनि रिलिज भएको थियो । ‘जारी’ सँग जुध्दा चलचित्रले राम्रो कमाइ गर्न नसकेको वितरक रोहित कट्टेल बताउनुहुन्छ । साथै यति बेला हलमा नयाँ नेपाली चलचित्र पनि नभएकाले हल सञ्चालककै आग्रहमा चलचित्रलाई पुनः प्रदर्शन गर्न लागिएको कट्टेलको भनाइ छ ।
११ औँ संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३ मा नेपाली चलचित्रको प्रतिस्पर्धामा दिनेश राउतको ‘प्रकाश’ उत्कृष्ट भएको छ । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्टको अवार्ड, प्रकाश चलचित्रकै मान्छे मान्छे गीतबाट एलिस कार्कीले उत्कृष्ट सङ्गीतकारको अवार्ड प्राप्त गर्नुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक २०८० निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
मुलुकमा उत्पादित पास्ता र चाउचाउ निर्यात २६.९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६.९ प्रतिशतले बढेर दुुई अर्ब ११ करोड २४ लाख ४१ हजार रुपियाँको ७२ लाख तीन हजार ४४५ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ । गत वर्ष सो अवधिमा एक अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपियाँको निर्यात भएको थियो । आव २०७८÷७९ मा एक अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको थियो ।
साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्ना कुरा राख्न सक्छन् । यो व्यवस्थाले पहिले जस्तो दूतावासको कार्यालय नै पुग्नुपर्ने वा फोन गर्नुपर्ने बाध्यता हटेको छ ।
कर्णाली प्रदेश सभा बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० सहित समग्र बजेट पारित गरियोस् भनी बैठकमा प्रस्ताव राख्नुभएको थियो। योजनामन्त्री सिंहले असार १ गते आव २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न बजेट थप गरिने बताउनुभएको छ। कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै उहाँले मङ्गलबार सो कुरा बताउनुभएको हो। “अस्पताललाई बजेट केही कम परेको रहेछ, त्यसमा म थप गर्ने छु,” उहाँले भन्नुभयो, “पछिल्लो समय खोपमा हामीले धेरै प्रगति गर्दै गएका छौँ। बालबालिका कुनै पनि खोपबाट वञ्चित नहुन् भनेर बेला बेला विभिन्न कार्यक्रम पनि गरिराखेका छौँ।”
माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर ।
कोभिड–१९ प्रभावपछि रुस युक्रेन युद्धको अन्तर्राष्ट्रिय असरले जटिल बनेको मुलुकको अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक देखिएका छन्। खास गरी अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको छ तर आन्तरिक अवस्था भने अझै सन्तोषजनक छैन। नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको हो। एक वर्षअघि अर्थतन्त्र सङ्कटको सँघारमा पुग्न लागेको भन्दै सरकार तथा केन्द्रीय बैङ्कले आयातमा नियन्त्रण नीति लिएका थिए।