प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गर्नुभएको छ ।
सिन्धुली जिल्लामा यो वर्ष हालसम्म ५७ प्रतिशत रोपाइँ सकिएको छ । सिन्धुली जिल्लामा यो वर्ष मनसुन ढिलो सुरु भएकाले बुधबारसम्म ५७ प्रतिशत अर्थात् नौ हजार एक सय ८१ हेक्टरमा सम्पन्न भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
असार १५ गतेदेखि सुरु भएको रोपाइँ कार्य महिला मजदुरहरूको भरमा भइरहेका छन् । विद्युत मोटरबाट सिँचाइ गरेर रोपाई कार्यमा लागेका कृषकहरू असार महिनाको अन्तिम हुन लागेकोले रोपाइँलाई तीव्रता दिएका छन् ।
महोत्तरी सर्लाही सीमामा पर्ने बाँके खोलामा मध्यरातको समय पारेर अवैध उत्खनन् गर्ने एक्स्काभेटरसहित चालकलाई स्थानीय जनताले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ।
मधेश प्रदेशमा पहिचान भएका तीन हजार ७१६ जना 'एचआइभी' सङ्क्रमितमध्ये तीन हजार ५१७ जना अर्थात् ९५ प्रतिशत सङ्क्रमित औषधि सेवनको पहुँचमा आइसकेको सरकारी एक तथ्याङ्कले देखाएको छ ।
नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसिएसनको सदस्यमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभाले शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिनुहुँदा छोरी रेणु र गङ्गा दाहाल साथमा हुनुहुन्थ्यो ।
परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
घाँस काट्न गएकी बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ ।
नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण सम्पन्नपछि भत्किएको पीसीसी ढलानको रकम कट्टा गरेको छ । उपभोक्ता समितिमार्फत देवीपुर र डालपुर जोडने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुवै छेउ पीसीसी गर्न पालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासनमा बढेको भीड सामान्य बन्दैगएको छ ।