• ८ मंसिर २०८१, शनिबार

सीताको अन्त्येष्टिमा पशुपतिमा शुभचिन्तकहरूको भीड

blog

पशुपतिस्थित आर्यघाटमा स्वर्गीय सीता दाहालको पार्थिव शरीर । तस्बिर : केशब गुरुङ

 काठमाडौँ, असार २७  गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ । 

आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि ठूलो जनसमूह ओइरिएको छ । केहीबेरमा उहाँको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । 

आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । 

श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।         

 पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएकोथियो । 

दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।     

 आर्यघाटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित हुनुहुन्छ ।     

 सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस

दाहालको अन्त्येष्टिमा राजकीय सम्मान दिइने