सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसँगिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ ।
नेकापा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधप्रति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।
सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसँगिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हाल देशमा मनसुनी वायुको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) आह्वान गरेको छ ।