• १३ साउन २०८१, आइतबार

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

blog

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधप्रति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसँगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’