• १३ साउन २०८१, आइतबार

सीता दाहालको अन्त्येष्टि आजै गरिने

blog

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उहाँको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।

दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

 प्रधानमन्त्रीको सचिवालयले त्यसबारे जानकारी दिँदै अन्त्येष्टिको समय सावर्जनिक गरेको छ । 

सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ :

‘‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी सीता दाहालको आज बिहान ८ः३३ बजे असामयिक निधन भएको र उहाँको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी गरिन्छ । उहाँप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना ।’’