एमपक्स अर्थात् मङ्किपक्स नेपालमा पहिलो पटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको छ। कोरोना भाइरसको महामारीबाट छुटकारा पाएको केही महिना नहुँदै हाल मङ्किपक्सको सङ्क्रमण विश्वव्यापी जनस्वास्थ्यको चासोको रूपमा देखा परेको छ। तथापि आपत्कालीन अवस्था भने छैन। सन् १९५८ मा पहिलो पटक पश्चिम अफ्रिकाको एक दुर्गम भेगमा एक बन्दी बाँदरमा मङ्किपक्स देखा परेको थियो। त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजा
तनहुँको सदरमुकाम दमौलीमा नियम विपरीत सञ्चालन गरिएका सात वटा आयुर्वेद पसलमा तालबन्दी गरिएको छ ।
पर्यटकीय क्षेत्र आलीताल गाउँपालिका–३, आलिताल जाने सडकमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आलिताल–८, घुम्ती बजारदेखि आलिताल–३ को झोता जोड्ने पुल नहुँदा समस्या हुने गरेको छ। गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावलका अनुसार पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई बर्खामा आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। पुल नहुँदा दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिँदै नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताउनुभएको छ ।
भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ। बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ। भारतले बिहान ५ बजे बाँध खोलेको हो। बाँध खोलेसँगै महाकाली नदीमा आएको बाढीले भारततर्फ नदी किनाराको एक घर बगाएको छ। बाढीले दार्चुलापारि भारततर्फको धारचुलाको बस्तीसमेत कटान गर्न थालेका छ। महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि नेपालतर्फको बैतडी र दार्चुलाका बस्तीमा समेत क्षति पुग्ने सम्भावना छ। भारततर्फ नदीले जमिन कटान गर्न थालेको छ।
१. पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० क–कसलाई प्रदान गरियो ? राजनीतिक तथा सैद्धान्तिक विधामा कमलप्रसाद कोइरालालाई, इतिहास विधामा डा. बालचन्द्र मिश्रलाई र साहित्य, संस्कृति र विज्ञान विधामा गोपालप्रसाद थपलियालाई । पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ।
समन्वयलाई प्रभावकारी बनाउने उपाय १. समन्वय भन्नाले के बुझ्नुहुन्छ ? तीन तहका सरकारहरूबिच समन्वय किन आवश्यक छ ? तहगत समन्वयलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? सुझाव प्रस्तुत गर्नुहोस्। साझा लक्ष्य हासिल गर्नका लागि व्यक्ति, समूह, निकाय वा तहगत सरकारहरूबाट सम्पादन हुने कार्यहरूबिच उचित संयोजन एवं व्यवस्थापन गर्ने प्रक्रियालाई समन्वय भनिन्छ । साझा चासो, हित र सरोकारका विषय उचित सम्बोधन गर्न विभिन्न निकाय र सरकारहरूबिच समन्वय र सहयोग अपरिहार्य मानिन्छ । निर्दिष्ट जिम्मेवारीहरू दक्षतापूर्वक
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घटनाको प्रवृत्तिगत समस्या केलाउन विज्ञसमूह गठन गरी काम सुरु गरेको छ । वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ भने बस्नेत सञ्चारिका समूहका पूर्वअध्यक्ष हुनुहुन्छ ।
‘मुकुन्द–इन्दिरा’ नाटकमा नाट्यसम्राट बालकृष्ण समले मुख्य पात्र इन्दिराद्वारा बोलाएको श्लोक समाजमा कहिलेकाहीँ साँच्चिकै चरितार्थ हुन्छ। त्यस्तै पीडादायी घटना कपिलवस्तुकी गीता भुसालमाथि घटेको छ।
सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ। त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।
कृषि तथा पशुपन्छी मन्त्रालय र त्यस मातहतका निकायले प्राप्त गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा ८१.५४ प्रतिशत खर्च भएको छ । चालु आवका लागि कृषि मन्त्रालयले पाएको ५४ अर्ब ९९ करोड ८९ लाख १९ हजार ६२९ रुपियाँ बजेटमध्ये ४४ अर्ब ८४ करोड ८७ लाख २९ हजार रुपियाँ मात्र खर्च गर्न सकेको छ । चालु आवमा चालु खर्चका लागि ५० अर्ब ९५ करोड ९१ लाख ४५ हजार ३८५ रुपियाँ बजेट छुट्याइएको थियो, त्यसमध्ये ८४.२८ प्रतिशत खर्च भएको छ ।
पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन्। सेयर सदस्य तारा खड्कासहित ९८ जना बचतकर्ताले दायर गरेको मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको हो। सहकारीका पदाधिकारी तथा कर्मचारीले ७४ लाख १९ हजार ८०७ रुपियाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौँको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो।
अख्तियार दुरुपयो अनुसन्धान वर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको बसबाट अवैध भारतीय रुपियाँ तीन लाख ७५ हजार फेला पारेको हो।