हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीएससीको नक्कली प्रमाणपत्र पेश गरेर लाभ र सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।
नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको छ।
राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली फुटबलको विकास र क्लब फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब सङ्घ गठन गरिएको छ ।
जिल्ला कारागारमा महिला कैदीबन्दीका लागि १५ जना क्षमताको सुविधा सम्पन्न छुट्टै नयाँ भवन निर्माण गरिएको छ ।
गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ ।
म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा ७ करोडभन्दा बढी खर्च गरेकाे देखिएकाे छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
दाङमा लम्पीस्किन रोगको महामारीबाट हालसम्म पाँच सय बढी गाईगोरु मरेका छन् । जिल्लामा लम्पी स्किनबाट हालसम्म २२ हजार छ सय ९५ गाईगोरु र भैँसी सङ्क्रमित भएका छन् ।
नगरले यस वर्ष ४० हजार बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत निःशुल्क बिरुवा वितरण गरी राेपिएकाे छ ।
राष्ट्रिय सभाको आजको बैठकमा खर्च कटौतीको नौ प्रस्ताव प्रस्तुत गरिएका छन् ।