नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका चौँरी गाई समेत लम्पी स्किन रोगबाट सङ्क्रमण सुरु भएको छ । चौँरी गाई बिरामी हुँदा पशु चिकित्सकले चेकजाँच गर्दा सो रोग देखिएको हो ।
यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठान चर्चामा छ । त्यसो त, प्रतिष्ठान कुनै न कुनै सन्दर्भमा चर्चामा रहेकै हुन्थ्यो । चर्चामा छ । फेरि चर्चामा हुनेछ । यस पटक प्रतिष्ठानको नेतृत्व, गैरकानुनी भनिएको नेतृत्वको नियुक्ति
तिम्रो मनमा जसको विशाल आदर छ अमरत्वप्रति समर्पण छ
मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । पालिकाको वडा नं. ४ को कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो ।
“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।”
सुदूरपश्चिम प्रदेश सरकार असन्तुष्ट सत्तारुढ पक्षका प्रदेश सभा सदस्यसँगको छलफलपछि बजेट संशोधन गर्न तयार भएको छ । मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले सोमबार राती असन्तुष्ट सत्तारुढ दलका नेतालाई बोलाएर छलफल गर्नु भएको थियो ।
पाल्पा जिल्लाको विभिन्न स्थानमा बनेका विश्रामस्थल (ठाँटी)को संरक्षण हुन सकेको छैन। दुई सय वर्षअघि विश्राम गर्ने उद्देश्यले बनाइएका ठाँटीको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएका छन्। सार्वजनिक स्थलमा आराम गर्ने, घामपानी तथा हावाहुरीबाट ओत लाग्ने गरी बनाइएका ठाँठी अहिले जीर्ण बनेका छन्। स्थानीय सरकारको बेवास्ताले दुई सय वर्षअघि बनेका ठाँटीहरू संरक्षण हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ।
एक वर्षअघि निर्माण पूरा भएको क्षेत्रीय कारगार अझै सञ्चालनमा आएको छैन। बाँकेको नेपालगन्जस्थित जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच हुँदा समेत यो कारागार सञ्चालनमा आउन सकेको छैन। करिब छ दशकअघि निर्माण भएको जीर्ण बाँके कारगारमा तीन सय जना कैदी बन्दीको क्षमता भए पनि हाल त्यहाँ तेब्बर बढी ९२० जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ।
नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२ र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा बैतडी जिल्लाका विभिन्न विद्यालयको नतिजा सुदूरपश्चिम प्रदेशकै कमजोर देखिएको छ। एसइईमा सहभागी १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ‘ए प्लस’ ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ। एसइईको नतिजा अनुसार पाँच हजार ३३८ जना विद्यार्थीमध्ये कसैले पनि ‘ए प्लस’ ल्याउन सकेनन्। जिल्लाभर ‘ए’ ल्याउने ३४ जना, ‘बी प्लस’ ल्याउने १७२ जना र ‘बी’ ल्याउने ६४७, ‘सी प्लस’ ग्रेड ल्याउने एक हजार ५०६ जना छन्।
तनहुँ जिल्ला अदालतले १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरका अभियुक्तलाई साढे १८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार व्यास नगरपालिका–१० निवासी यमबहादुर विकलाई नाबालिका बलात्कार गरेको कसुरमा फैसला सुनाएको तनहुँका जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो।
कै महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि भौगोलिक अध्ययन सुरु भएको छ। नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले विस्तृत इन्जिनियरिङ सर्वेक्षण, डिजाइन र प्रतिवेदन तयारीका लागि काम सुरु गरेको हो। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको मुस्ताङको कोरला नाकाको सीमा क्षेत्रमा बन्दरगाहका लागि भौतिक पूर्वाधार निर्माणपूर्व डिपिआर तयार गर्ने हेतुले भू–प्राविधिक अध्ययन (माटो परीक्षण) सुरु भएको छ।
आर्थिक वर्ष अन्त्य हुने क्रमसँगै सरकारी कार्यालयमा बजेट सक्ने चटारो छ। यस विपरित बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीलाई राजस्व सङ्कलन र सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न भ्याइनभ्याइ छ। सामान्य दिनमा अढाई तीन सय जतिले सेवा लिने यस कार्यालयमा असार लागेदेखि दोब्बर बढीले भिड बढ्दै गएपछि सास फेर्ने पनि फुर्सद नभएको कर्मचारीले जनाएका छन्।