हाम्रो पुर्खाले उच्चतम ज्ञानगुनका कुरा चिन्तन र बोधबाटै पत्ता लगाएको जनश्रुति छ। मानव विकासको करिब पाँच हजार वर्षको इतिहासमा संसारको कुनै पनि मानिस यस स्तरको ज्ञानभन्दा माथि पुग्न असम्भव छ। तसर्थ ज्ञानको यस्तो अपार र अपौरुषेय भण्डारलाई दैवीय उपज मान्नु नै अन्तिम विकल्प थियो, मानिसले त्यसै ग-यो पनि। हाम्रा चिन्तकले मानिसकै हित र उन्नतिका लागि तयार पारेको वाङ्मयलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्ने उपायको खोजी गरे।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बिच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
विश्वको जनसङ्ख्या आठ अर्ब चार करोड ६८ लाख ६९ हजार पुगेको अनुमान छ। यही अहिलेकै दरमा जनसङ्ख्या बढिरहे सन् २०२३ को अन्त्य वा २०२४ को सुरुबाटै भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या हुने देश बन्ने छ । सन् २०३० मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० करोड र सन् २०५० मा नौ अर्ब ७० करोड पुग्ने अनुमान छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चिया बगान बनाउन सुरु गरेको छ। वडा नम्बर ६, छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ। सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्य हो। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आगामी दिनमा आन्तरिक पर्यटकको वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चियाको बगान बनाउन सुरु गरिएको बताउनुभयो। स्थानीय पथप्रदर्शक उत्तम खड्काको जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक आउने भनाइ छ।
ओखलढुङ्गालाई पुग्ने आँप सुनकोशी गाउँपालिका–१, बलखु ओखलढुङ्गामै फलेका छन्। परम्परागत अन्नबाली भन्दा आँप खेतीबाट बढी फाइदा हुने देखेर बलखुका तीन सयभन्दा बढी घरधुरीले आँप खेती सुरु गरेका छन्। आर्थिक वर्ष २०७३/७४ देखि आँप पकेट कार्यक्रममार्फत खेती थालिएको बलखुमा आँप ब्लक कार्यक्रम लागु भएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले बलखुका विभिन्न कृषि सहकारी, कृषक समूह मार्फत करिब एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आँप खेती गरिएको छ।
पुल बगाएपछि अवरुद्व सडक नियमित गर्न फालेलुङ गाउँपालिकाले आह्वान गरेको श्रम अभियानमा सहभागिता बढ्दै गएको छ। गत असार २ गते आएको बाढीले हेवा खोलास्थित फालेलुङ–३ र ७ नम्बर वडाको सीमावर्ती घुमाउने दोभानमा डाइभर्सन बनाउन श्रमदानका लागि आह्वान गरिएको थियो।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।
केही वर्षअघिसम्म परम्परागत रूपमा बाख्रापालन गरिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका छन् । तीन वर्षअघिसम्म घरमा १०/१५ वटा मात्र बाख्रा पालिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेपछि एउटै घरमा ७० वटासम्म बाख्रा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट जिल्लाको पूर्वखोला–२, जल्पा मैदानका किसानलाई बाख्रापालन व्यावसायिक बनाउन सहयोग पुगेको हो । पहिले घरमै १०/१२ वटा बाख्रा पाल्ने मैदानका हुमबहादुर हिस्कीको खोरमा अहिले ४१ वटा बाख्रा छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि आफूले तेब्बर बढी बाख्रा पालेको र यसले बिस्तारै फाइदा दिन थालेको हिस्कीले बताउनुभयो ।
गत असार ३ गतेको बाढीले मोटरेबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिका स्थित हेवाखोलाको घुमाउने टारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाइमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।
असार महिना सकिन लाग्दा महोत्तरीमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म छ हजार ७५० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । वर्षा अभावमा अधिकांश धान खेत चरिचरन बनेको छ भने रोपाइँ भएका खेतका रोपो पनि सुक्दै गएकाले किसान चिन्तामा छन् । गौशाला नपा–१० का कृषक दिनेश महतोले एक बिघाका लागि लगाएको धानका बेर्ना बुढो हुने अवस्थामा छ । वर्षा नहुँदा अहिलेसम्म खेत भने बाँझै रहेको उहाँले बताउनुभयो ।
आगामी दशैँको फूलपातीको दिनमा ‘पशुपति प्रसाद २: भष्मे डन’ स्वदेश तथा विदेशका चलचित्र घरमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । सोमबार टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सिनेमा आगामी फूलपातीका दिन नेपालसहित अन्य देशमा एक साथ सार्वजनिक गरिने पक्का भएको जानकारी दिएको हो ।
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरूमा पुग्न थालेका छन् । तीमध्ये तीन टोली चितवन, बुटवल र पोखरा पुगेको छ । अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेतृ करिश्मा मानन्धर, नव अभिनेतृ प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किनुभएको हो । चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भए पनि समय अभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताउनुभयो । निर्देशक खनालले चलचित्रको प्राविधिक काममा बढी समय दिनुपरेका कारण चलचित्रका लागि तीन वटा प्रमुख स्टेसनमा मात्र पुग्न सकिएको बताउनुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनसम्बन्धमा सातबुँदे निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ। सोमबार मन्त्रालयले स्वास्थ्यका कर्मचारी समायोजनपछि स्थानीय तहको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीलाई सोही स्थानीय तहमा अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ।
धादिङको सल्यानटारको मूल सडक वरपर वृक्षरोपण गरिएको छ। ‘जनताको रहर–हरित सहर’ भन्ने अभियान अन्तर्गत वन तथा भूसंरक्षण विभाग काठमाडौँको आर्थिक सहयोग, डिभिजन वन कार्यालय धादिङको प्राविधिक सहयोग र त्रिपुरासुन्दरी गाउँपालिका धादिङको समन्वयमा सल्यानटारमा वृक्षरोपण गरिएको हो। त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ भित्र पर्ने सल्यानटारको बुट्टारदेखि खोल्सी, बगैँचा हुँदै सिकटारसम्मको मुख्य सडकको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको हो।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा रहेको बाघ राख्ने खोर भरिएको छ । चितवन निकुञ्जमा रहेको पाँच वटा खोर र पर्सा निकुञ्जको कार्यालय रहेको आधाभारका खोर भरिएको हो । मानव बस्तीमा पसेर आक्रमण गर्ने, मानिस मार्ने, चौपाया मारेर मानव समुदायमा पस्न सक्ने भनी नियन्त्रणमा लिएर राख्न बनाएको खोर भरिएको हो ।