क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो। बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ। घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड आउँदो साउनदेखि सुरु हुने बताउनुभएको छ । स्वास्थ्यमन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सोमबार सार्वजनिक गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आउँदो साउन १ देखि जलन वार्ड सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो । सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक÷अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलाको प्रतिनिधित्व अझै बढी सुनिश्चित गर्ने गरी निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरिएको बताउनुभएको छ। उहाँले मस्यौदामा गरिएको व्यवस्था ऐनका रूपमा आएपछि सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा महिला सहभागिता अझै बढने बताउनुभयो।
वैदेशिक रोजगारीमा खाडी मुलुक दुबई, कतार, मलेसियालगायतका मुलुकबाट स्वदेश फर्किने नेपाली श्रमिक सुनको अवैध तस्करीमा प्रयोग हुने गरेको खुलेको छ । कतार एयरलाइन्सबाट नेपाल फर्किएका धनुषाका सुनीलकुमार महरा, नरेश पन्जियार, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु गुलाम मुराउ र बाँकेका भुमबहादुर वलीले जनही साथमा बोकेर ल्याएको ४८ ग्राम सुनसहित तस्करीको गिरोहले बोकाएर पठाएको अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले खाडी मुलुकबाट फर्किने श्रमिकहरू सुनलगायत महँगा वस्तुको तस्करीमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सोमबार उहाँले नेपाल र अमेरिकी सरकारको सहयोग अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अन्तर्गतको परियोजना भदौदेखि कार्यान्वयनमा जाने बताउनुभयो ।
मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो ।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको संसद बैठकमा गल्ती स्वीकारेर गर्नुभएको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।
नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताउनु भएको छ ।
बिर्तामोड –७ स्थित सुन्दर निचाझोडा सामुदायिक बनबाट चोरी तस्करी गरी लगिएको ६ वटा सखुवाका गोलिया बरामद गरिएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते हुनुभएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभाको १५ औं बैठकले असार ५ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गरेको छ । तर सभामा बजेटबारेको छलफल अनिश्चित रहेको छ ।