सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।
प्रदेशभित्र रहेका कुनैपनि आयोजनालाई सम्पन्न गर्नका लागि समय तालिका बनाएरै अगाडी बढ्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ ।
फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।
काठमाडौँ, असार २६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गर्नुभएको छ ।राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्नुहुँदै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताउनुभयो । यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराउनुभएको थियो । रासस
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ ।
तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको एयरका स्टेसन मेनेजर विनोद थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा (चाैधाैं अ.) बैठक
बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए ।
एकनासले यौनकेन्द्रित बनेर नेपाली साहित्यमा दिएको योगदान सम्झने हो भने पुष्कर लोहनीलाई उछिन्ने सायदै भेटिएलान् । यौनकेन्द्रित लेखनले अलग रूपमा चिनाएको मात्र हो, बैँसालु उमेरमा थालेको
फोहाेर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।
जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।