नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सोमबार सकिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
हेवा खोलामा पेनस्टक पाइप राखेर डाइभर्सन गरिएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालय इलाम, फिदिम नगरपालिका, जिल्ला प्रहरी कार्यालय पाँचथर र सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा सोमवार अपराह्न सडक खुलाएका हुन् ।
सुशासन र सेवा प्रवाहको विषयमा स्थानीय तहहरू संवेदनशील र जनमैत्री हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विशेषगरी जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारले भ्रष्टाचार, अनियमितता तथा व्यवस्थापकीय कुराहरू, सेवा प्रवाहमा चुस्त हुनुपर्ने उहाँहरूको जोड छ ।
नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ ।
वडा सदस्यले मादक पदार्थ सेवन गरी कर्मचारीमाथि आक्रमणको प्रयास गरेपछि गेरुवा गाउँपालिकाको काम कारबाही ठप्प भएको छ ।
छत्रकोट गाउँपालिका –२ का ५० वर्षीय इमानसिंह राना घरमा आर्थिक अभावका कारण २२ वर्ष भारतका विभिन्न स्थानमा गएर काम गर्नुभयो । अहिले आफ्नै गाउँमा ताजा तरकारी फलाएर राम्रो आम्दानी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ ।
माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङ हुनुहुन्छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनलाई छिटो छरितो र सरल बनाउने अभियानमा सर्वोच्च अदालतको वर्तमान नेतृत्वले निरन्तर काम गरिरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पहाडी जिल्ला इलाममा अझै महिलाको साक्षरता दर पुरुषको बराबरी हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार इलामका दश वटै पालिकामा महिलाको तुलनामा पुरुषको साक्षरता दर बढी पाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।
झापाको दमकमा भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरूलाई प्रहरीले निगरानी बढाएको हो ।