• ८ मंसिर २०८१, शनिबार

शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड

blog

बुटवल समाचारदाता

बुटवल, असार २६ गते । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो । 

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।   

अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । 

सिडब्लुसीको उपस्थिति विश्वका १५० देशका सात सय स्थानमा रहेको बैङ्कले जनाएको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । उक्त अवार्ड शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गर्नुभएको बैङ्कले जनाएको छ । 

देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ भने बैङ्कको चार अर्ब २८ करोड चुक्ता पुँजी छ ।