• १४ पुस २०८१, आइतबार

अस्तित्व (कविता)

blog

तिम्रो मनमा जसको विशाल आदर छ 

अमरत्वप्रति समर्पण छ

अस्तित्वको अटालिकामा पुग्ने

तीव्र आकाङ्क्षा

यसलाई च्यापिराख्ने

अथाह मोह

बिनाअस्तित्व

कहीँ केही छँदैछैन भन्दै

यसको संरक्षण, सुदृढताको चाह

योबिनाको शून्य संसार

शून्य जीवन

सारा, सर्वत्र शून्य... शून्य

तर म आफ्नो अस्तित्वलाई

नामेट गर्न

इरेजर घोटिरहेछु

रङ्गिएका पानाहरूलाई

पुछ्न अनेक केमिकल पोखिरहेछु

म बेनाम, बेथर, बेगोत्र

पुस्तौली अभिमानबाट टुव्रिmएर

आकाशबाट खसेर, जलेर

खरानी बन्न चाहिरहेछु,

खरानीको अस्तित्वलाई पनि

नकारिरहेछु ।

गीताले सकेन

जातकले सकेन

बाइबल, कुरानले सकेन

अस्तित्वको नामेटबाट

सबै तर्सिए, सबै भागे

पुनर्जन्मको कल्पना गर्दै

अस्तित्वको घेराभित्र

वञ्चित हुन चाहेँ

तर म अस्तित्वविहीन हुँदै

नहुनुभित्रको हुनुलाई पनि

धरातलभित्र गाढेर

हावामा उडाएर

आगोले जलाएर

सारा नक्षत्रलाई, गोलार्धलाई

एकै ठक्करमा चकनाचुर पारेर

म आफूभित्रको अस्तित्वको

सत्वलाई नामेट गरिरहेछु,

मेरो नामेटको खुसीमा

साराका सारा तिमीहरू

केक काटेर, खुसी मनाओ

ताली पिट

हाँसोले गुञ्जायमान होओस्

मेरो अवनतिमा रमाउने नातागोता

इष्टमित्र, साथी सङ्गाती

मेरो उन्नतिमा नीलोकालो

अनुहार लगाउने

भित्रभित्र मुर्मुरिने

अपशब्दको आव्रmोश ओकल्ने

मेरा प्रियजनहरू

तर तिमीहरू मेरा लागि

सधैँ प्रिय नै छौ 

म आफ्नो अस्तित्वको पर्खाल भत्काएर

आफूलाई जलाएर

हावामा उडाएर

आफूलाई बिर्सिएर

आफैँबाट आफैँ हराएको मान्छे

अस्तित्वविहीन, सत्वहीन

सर्वाधिक असक्पृक्त, अनाशक्त

केहीले पनि छुँदै नछुने

भावशून्य भएको मलाई

तिमीहरू भित्रभित्रै जति मुर्मुराओ

जति बदनाम गर

मेरो मृत्युका लागि जति भाकल गर

मलाई केहीले छुँदैन

छुँदै छुँदैन ।