चलचित्र निर्माता राजकुमार राईले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले ‘पापी मान्छे–३’ निर्माणको घोषणा गर्नुभएको हो । आरसी पिक्चर्सको प्रस्तुतिमा राजकुमार राईले निर्माण गर्ने चलचित्र जनकदीप पराजुलीले निर्देशन गर्दै हुनुहुन्छ ।
वैदिक वाङ्मयले नारीलाई उच्च स्थान दिएको वेद अध्यताहरूको निष्कर्ष रहेको छ । वाल्मीकि विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइले काठमाडौँमा बुधबार आयोजना गरेको ‘वेदमा नारीको स्थान’ विषयक गोष्ठीमा सहभागी अध्यताहरूले यस्तो निष्कर्ष निकाल्नुभएको हो ।
गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान रूपचन्द्र गुरुङले गत वर्षदेखि आठ रोपनी जमिनमा जुनार र सुन्तलाको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले सुक्खा मौसममा ती जुनार र सुन्तलाको बिरुवा संरक्षण गर्न भर्खरै दुई लाख ५० हजार रुपियाँ लगानी गरी १६ हजार लिटर क्षमताको सिँचाइ पोखरी पनि बनाउनुभएको छ ।
ओखलढुङ्गाका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । परम्परागत शैलीमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका–१, पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको श्रेष्ठले बताउनुभयो ।
नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई संयुक्त अधिराज्य (बेलायत) को प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले डक्टर इन साइन्समा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। क्याम्ब्रिजमा मङ्गलबार साँझ आयोजित विश्वविद्यालयको दीक्षान्त समारोहमा डा. रुइतलाई उपाधि प्रदान गर्दै विश्वविद्यालयका उपकुलपति प्रा. रोड्ररिक वाट्किन्सले डा. रुइत नेत्र विशेषज्ञ मात्र नभई मानवीय सेवामा समर्पित व्यक्ति भएको बताउनुभयो।
असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्दथ्यो । दुध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए तर यस वर्ष कोशी प्रदेशको अवस्था ठिक विपरीत देखिएको छ । दुधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दुध बिक्री हुन छोडेको छ ।
सङ्घीय संरचनासँगै बजार अनुगमनको दायित्व प्रदेश तथा पालिकालाई दिइएको छ । संविधानको अनुसूची ८ ले दिएको अधिकार अनुसार पालिकामा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा पालिकाको हो । बजार अनुगमनमा पालिकाको रुचि छैन वा जिम्मेवारी देखाएनन् । अनुगमनमा पालिका सक्रिय नहुँदा एकातर्फ बजार भाउ बढ्दो क्रममा छ भने अर्कोतर्फ नियन्त्रणबाहिर गएको छ । प्रदेश र पालिकाकै लापरबाहीका कारण कतिपय जिल्लामा सर्वसाधारण म्याद नाघेका वस्तु उपभोग गर्न बाध्य छन् ।
आगामी तीन दिन देशको पूर्वी भेगमा बढी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित भएको छ। त्यस कारण पूर्वी भूभागसँगै बागमती, गण्डकीको पोखरा क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। अन्य क्षेत्रमा घाम लाग्दै फाट्टफुट्ट वर्षा हुने सम्भावना छ।
ललितानिवास प्रकरणमा पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ । राउतका तर्फबाट उहाँका भाइले बुधबार रिट दर्ता गर्नुभएको हो । रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ । पक्राउ पुर्जीमा थुनामा राख्नुपर्ने आधार र कारण नखुलाई गैरकानुनी रूपमा राखिएकाले थुनामुक्त गर्न रिटमा माग गरिएको छ ।
नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो ।
समाजवादी मोर्चा, नेपालले नेकपा (माओवादी केन्द्र)का सल्लाहकार परिषद्का सदस्य एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ।
आदिबासी जनजाति अपाङ्गता भएका महिलाको विषय सञ्चार माध्यममा प्राथमिकता नपाएको भन्दै सरोकारवाला पक्षहरुले गुनासो गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई सञ्चार माध्यममले प्राथमिकता नदिइरहेको अवस्थामा अपाङ्गता भएका आदिबासी महिला झन समस्यामा रहेको उहाँहरुको भनाइ छ ।
सर्वोच्चदेखि जिल्ला अदालतसम्म दुई वर्षभन्दा पुराना मुद्दाको फछ्यौट गर्न बाँकी नरहेको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताउनुभएको छ ।
सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मिसन ग्रासरुटले नयाँ कुराहरु पत्ता लागेको बताउनुभएको छ । प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुग्नुभएका ज्ञवालीले सो कुरा बताउनुभएको हो ।