• २८ वैशाख २०८२, आइतबार

राउतलाई रिहाइ गर्न सर्वोच्चमा रिट दायर

blog

काठमाडौँ, असार २८ गते । ललितानिवास प्रकरणमा पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ । 

राउतका तर्फबाट उहाँका भाइले बुधबार रिट दर्ता गर्नुभएको हो । रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ । पक्राउ पुर्जीमा थुनामा राख्नुपर्ने आधार र कारण नखुलाई गैरकानुनी रूपमा राखिएकाले थुनामुक्त गर्न रिटमा माग गरिएको छ । 

शाखा अधिकृतका रूपमा कार्यरत रहँदा उठाएको टिप्पणीको विषयलाई लिएर उक्त प्रकरणको कीर्ते मुद्दा अनुसन्धानको सिलसिलामा राउत पक्राउ पर्नुभएको हो । उक्त प्रकरणमा पक्राउ परेका अन्य तीन जनाको तर्फबाट पनि बन्दीको रिट दर्ता भएको छ । 

उक्त रिटमा अदालतले लिखित जवाफ माग गरे पनि अन्य सुनुवाइको प्रक्रिया अघि बढेको छैन ।