• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री मोदीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

blog

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २७ गते । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री मोदीले आज दुःख व्यक्त गर्नुभएको हो । 

नेपाली भाषामै प्रधानमन्त्री मोदीले दुःख प्रकट गर्दै दाहालको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले समकक्षी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उहाँको परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको प्रार्थना गर्नुभएको छ ।