• १३ साउन २०८१, आइतबार

पुरस्कार समर्पण कार्यक्रम

blog

विभिन्न विधामा राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरु सामूहिक तस्बिरमा सहभागी हुँदै। तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, असार २९ गते । संस्कृति पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।

शुक्रबार भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको विभिन्न विधानमा राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

साहित्यिक व्यक्तित्वहरुलाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रि पुरस्कार–२०७९ प्रदान गरिएको छ ।