काठमाडौं, असार २९ गते। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति भवनमा बसेको छ।
नेकपा एसका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले असार २९ देखि ३१ गतेसम्म बस्ने ६६ औं सचिवालय बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, वेदुराम भुषाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झाले विचार तथा धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “आज सचिवालय बैठक बस्यो। नेताले धारणा राख्नेक्रम जारी छ।” उहाँले आजको बैठक स्थगित भएको र शनिबार बिहान साढे ८ बजे पुनः बस्ने बताउनुभयो।