• ८ मंसिर २०८१, शनिबार

शनिबार बैङ्क खुला रहने

blog

काठमाडौँ, असार ३० गते । आज (शनिबार) कार्यालय तथा राजस्व सङ्कलन गर्ने सबै बैङ्क खुला रहने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै सबै राजश्व सङ्कलन गर्ने बैङ्क खुल्ला रहने जनाएको हो । 

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) बुझाउनका लागि सहज बनाउन बैङ्क खुल्ला गरेको जनाएको छ ।

विभागले असार महिनाभित्र दाखिला गर्नु पर्ने कानुनी व्यवस्था भएकोले सो अनुसार म्याद भित्रै विवरण तथा कर दाखिला गर्नु हुन अनुरोध समेत गरेको छ।