क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय ओन्टारियोविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले नेपालले ओन्टारियोलाई ६९ रनले हरायो ।
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । लेखक-निर्देशकका रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो ।
गुल्मीमा सहोदर बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।
सानिमा बैङ्क लिमिटेडले तारकेश्वर नगरपालिकाको नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैङ्कका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गर्नुभयो ।
शनिवार बिहान करिब ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्ने जानुभएकी एक महिला बाघको आक्रमणवाट एक घाईते भएकी छिन् ।
“बुबा आमा खै ?” “आमा त टाढा गइन् छोरा” “किन बाबु किन ? आमा कोसँग रिसाउनु भयो ?” “हैन छोरा, त्यसो हैन” “उसो भए के हो त ? आमा खै खै ?”
मदतान गरेर मतगणना नुहँदै रोजगारका लागि भारत गएका बूढीगङ्गा नगरपालिकाका स्थानीयबासी फेरि यती बेला धमाधम गाउँ फर्किन थालेका छन् ।
नेपाल मेरो मुटुको टुक्रा छातीमा सजाउँछु मादलु, झ्याम्टा, मुर्चुङ्गा, झ्याली प्रेमले बजाउँछु । सगरमाथा नेपालको शिर पासाङको स्थान लुम्बिनी मेरो आँखाको नानी बुद्धको आँगन शान्तिको गीत गाएर म त संसारलाई कजाउँछु
झापाको दमकमा दमक विशिष्टीकृत प्रादेशिक बाल अस्पताल सञ्चालन हुनेभएको छ । सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुने उक्त बाल अस्पतालका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाएको छ । दमक–७ स्थित रेडक्रस भवनमा सञ्चालन हुने बाल अस्पतालका लागि प्रदेश १ सरकारले तीन करोड रुपियाँ विनियोजन गरेको छ । ५० शैøयाको अस्पतालका लागि अहिले भएका संरचना र नयाँ संरचना बनाउनसमेत रेडक्रसले ३० वर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराउने बताइन्छ ।
जागौँ उत्तम सोचले मगजले, माया गरौँ देशको । लम्कौँ जाँगरले गरौँ प्रगति त्यो, भाषा कला भेषको ।। राख्छौँ चाख विकासको यदि भने, जुट्छन् सबै सज्जन । भ्रष्टाचार हटेर जान्छ सहजै, चाहिन्न कालो धन ।।
लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेयपदार्थ (स्थानीय रक्सी) को बजारीकरण गर्ने तयारी गरेको छ । कोदो, मौवा, अनदी, कुरीलोबाट पेय पदार्थ उत्पादन गरि त्यसको बजारीकरण गर्ने भएको हो ।
बालसाहित्य महत्त्वपूर्ण विधा हुँदाहुँदै यसको प्रकाशन ज्यादै न्यून छ । विद्यालयमा उपलब्ध गराइने पाठ्यक्रमका किताबले मात्र बालबालिकामा पढ्ने बानी विकास गर्न सकिन्न । पठन संस्कृति बढाउनका लागि बालसाहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ । बालसाहित्य बालबालिकाका लागि सिकाइको आधारशीला हो भने वयस्कहरूका लागि पढ्ने बानी विकास गर्ने महत्त्वपूर्ण प्रवेशद्वार हो । बालककालमा साहित्य पढ्ने अवसर मिल्यो भने उनीहरू आजीवन असल पाठक बन्न सक्छन् र गुणवत्तापूर्वक जीवन जिउन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यसकारण बालसाहित्य बालबालिकाको समष्टिगत विकासका लागि अनिवार्य आवश्यकता हो ।
समय समयमा सग्ला लेखहरूको सँगालो प्रकाशित भइरहनु नेपाली साहित्यको उन्नयनमा सुखद पक्ष हो । २०७९ साल जेठमा प्रकाशित ‘हरिहर शास्त्रीका सिर्जना’ पुस्तक यसको उदाहरण हो । पूर्वीय दर्शनमा आधारित आध्यात्मिक चेतना जगाउने १७ वटा कृतिहरूको सबल सिङ्गो माला हो यो कृति । वि.सं. १९८० मा काठमाडौँमा जन्मिएर २०३४ सालमा दिवङ्गत हुनुभएका श्रद्धेय शास्त्रीका यस कृतिमा कविता सङ्ग्रह चार, खण्डकाव्य सात, महाकाव्य तीन, जीवनी रहेका छन् । कृति शास्त्रीको लेखकीय दस्तावेजको पहिचान बनेको छ । कृतिमा सङ्ग्रहित रचना वि.सं. २०२३ देखि २०३० सम्म जम्मा सात वर्षको छोटो अन्तरालमा गरिएका हुन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्य सम्पन्न हुने समयसम्ममा १७ प्रतिशत मात्र काम भएको छ । आयोजना विस्तारको अन्तिम म्याद आगामी साउन २२ सम्मको रहेको छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । सम्झौता भएको दुई महिनापछि २०७५ चैत ८ गते विस्तार कार्यको शिलान्यास गरिएको थियो ।
ओर्लिरहेको हिउँदको दिन ! संसारमा घामपानीबारे अनेक तर्क भइरहेका छन् । भुइँ छोडेर कुरा गरिरहेकै छ– बहसले । सुनेसम्म गर्ने हो भने ढाडमा बर्सिने घाम र तातोलाई बिदा गर्नुपर्छ । पिइरहेको पानीलाई किलकिलेमुनि खसाल्ने कुरामा एक दिन ख्याल गर्नैपर्छ । छतमा छु घरको । तीन जना नानीहरू बसेका छन् मेरै वरिपरि । नानीहरू जाडोको बिदामा घर कुरुवा भएका छन् । निकै दिनदेखि ती किताब र कापी बोकेर छतको घाममा सेकिन आउँछन् । आज तिनका छेउमा छु म । किताबले घेरिएका ससाना नानीहरू ।