आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उर्दीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले नेपाली कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
नवलपुरको कावासोती १० स्थित रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
समाजवादी मोर्चा नेपालले आज विराटनगरमा सन्देश सभा आयोजना गर्ने भएको छ । समाजवादी मोर्चा गठन गरेपछि त्यसको सन्देश सबै प्रदेशमा दिने उद्देश्यले पाँच प्रदेशमा सन्देश सभा आयोजना गरेको मोर्चाले विराटनगरबाट सन्देश सभा समापन गर्नेछ ।
ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ का ९२ जना ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको छ ।
कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्याएको हो ।
सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ ।
लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन् ।
तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नुन तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।