बसचालक वसन्त पन्थीलाई सवारीसाधन चलाउँदा आफ्नो स्वास्थ्य जाँच गर्नेबारेमा समेत फुर्सद मिल्दैन। सधैँ जसो काममा खटिने पन्थीले सडकमै आफ्नो आँखा जचाउन पाउनुभयो। जसले गर्दा अस्पताल पुगेर जचाउनुपर्ने बाध्यता अहिलेलाई टरेको छ। पन्थीले मात्रै होइन, पूर्वपश्चिम राजमार्ग भएर लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालक र सहचालकको निःशुल्क आँखा जाँच गरिएको छ। नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आँखा जाँच गर्ने अभियान चलाएको छ। सोही अभियानअन्तर्गत आँखा जाँच गराउनुभएका चालक पन्थीले भन्नुभयो, “फुर्सद हुँदैन। जचाउन अस्पताल जाम भने भिडभाड हुन्छ। काममा खटिएकै बेला सडकमा आँखा जाँच गर्न पाउँदा खुसी लागेको छ।”
बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका–११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार प्रद्धतिप्रति बिरामीको आकर्षण बढेको पाइएको हो। कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदीप श्रेष्ठले जिल्लाका विभिन्न पालिकाबाट दैनिक ५० देखि १०० जना बिरामी उपचारका लागि आउन थालेको बताउनुभयो।
जलजला गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्वको आदीवराह मन्दिर नीलो तालमाथि तैरिएर बसे जस्तो देखिन्थ्यो। बाढीका कारण गेगरसहितको माटोले पुरिएर ताल अहिले बगर जस्तै बनेको छ। स्वच्छ, सफा तालले यहाँको सौन्दर्यलाई निकै बढाएको थियो। गाउँपालिका–२, मूल घडेरी भन्ने स्थानमा रहेको त्यही ताल भने बाढीका कारण बगर बन्दा स्थानीय चिन्तित बनेका छन्। ताल मात्र नभई त्यसमा रहेको वराह मन्दिरसमेत डुबानमा परेको छ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भन्ज्याङ मानिएको थोराङ्ला पाँच हजार ४१६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ। चल्तीको यो पदमार्ग यति बेला भने सडक सञ्जालको चपेटामा परेको छ। सडक सञ्जाल पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् भने केहीमा सडक बनेको छ। पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग सात दिनमा पूरा हुने गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।
काठमाडौँको वनस्थलीस्थित काठमाडौँ बिजनेस क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
दमक नगरपालिकाले सुरु गरेको एकतर्फी पार्किङको पालना नगर्ने तथा गलत तोकिएभन्दा फरक ठाउँमा पार्किङ गरिएका मोटरसाइकलका हेलमेट नगरपालिकाले नियन्त्रणमा लिन थालेको छ ।
इलाम नगरपालिका पुराना नगरपालिकामध्ये एक हो । कुल १७३.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकाको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकासँग जोडिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीचोकबाट देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र ।
ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।
परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगको प्रवर्धनमा जोड दिनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एज्ड इन्डस्ट्रिजले आइतबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “परिवारमा सुख, समृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईंहरूको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डो¥याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।”
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा बालश्रममुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गर्दै छ । चालु आवमा बजेट छुट्याए अनुरूप बालश्रममुक्त घोषणा गर्ने कार्यक्रम सञ्चालन गर्न प्रत्येक पालिकालाई तीन लाखका दरले अनुदान दिने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आवमा बालश्रममुक्त पालिका घोषणा गर्ने गरी १०४ पालिकाका लागि दुई करोड ९९ लाख ७० हजार रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ ।
नेपालले सन् २०५० सम्ममा क्षयरोग (टिबी) मुक्त राष्ट्र बन्ने लक्ष्यसहित क्षयरोग पहिचान र उपचार व्यवस्थापनका कार्य गरिरहेको छ । राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत सन् १९९६ मा डट्स उपचार विधिलगायत विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका औषधी, नयाँ नयाँ प्रविधि र उपचार व्यवस्थापन गर्दै आएको नेपालको क्षयरोग निवारण कार्यक्रम नमुनाका रूपमा अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसित पनि छ । चौमासिक रूपमा कार्यक्रमहरूको समीक्षा र योजनाबद्ध कार्यक्रमले सन् २०३५ सम्म
बिरामी हुँदाहुँदै शुक्रवार अस्पतालको बेडबाट शपथ खान झापाको बिर्तामोडबाट विराटनगर पुग्नु भएका कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइराला यो धर्तीमा पदापर्ण भएको १०९ वर्ष पूरा भएको छ । नेपाली कांग्रेसले बिपीलाई बिस्र्यो भनेर भन्ने र लेख्नेहरूलाई जवाफ दिँदै यस पटक कांग्रेसले तीन दिनसम्म बिपी साहित्य महोत्सव गरेर मनाइरहेको छ । तीन वटा प्रमुख विषय बिपीका साहित्य सिर्जना, प्रजातान्त्रिक समाजवाद र शिक्षासम्बन्धी परिकल्पनामा तीन प्रमुख वक्ताले प्रवचन दिने क्रम चलिरहेको छ भने यिनै सेरोफोरोमा विभिन्न विषयवस्तुमा तीन दिनका अरू थप १२ कार्यक्रम पनि भइरहेकै छ । कांग्रेसले कुनै कार्यक्रम गरे वा नगरे पनि, लोकतान्त्रिक समाजवादको आदर्शलाई नारा बनाए पनि कांग्रेसमाथि लाग्दै आएको एउटा आरोप हो – कांग्रेस बिपी कोइरालाको पथमा छैन । मूलतः कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई त्यागेको छ । यो आरोप लगाउनेहरू