विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो ।
आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट बिहीबार ‘बेन्च बस्न नभ्याए’पछि रोकिएको छ ।
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।
स्वतन्त्र भएर खेल्ने रमाउने उमेरमा ६ वर्षीय बालिका सलको दाम्लोमा बाँधिएको अवस्थामा फेला परेकी छन् । तीन वर्षसम्म अँध्यारो कोठामा थुनिएकी करिश्मा भट्ट छिमेकीको सहयोगमा दाम्लोसहित घरको आँगन देख्ने अवसर पाइन् । बालिकाको बुवाको रुखबाट लडेर कम्मर भाँचिएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभातर्फ तीन सय १३ र प्रदेशतर्फ ५५० जनाले मतदान गरेका छन्।
प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ ।
जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ बर्षीय वृद्धलाई १२ बर्ष कैद सजाय तोकेको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । सेन्टरको चौथो वार्षिकोत्सव एवम् विश्व मिर्गौला दिवसको अवसरमा निःशुल्क मिर्गौला परिक्षण शिविर सञ्चालन गरेको हो ।
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा खुर्पानी तथा आरुबखडा फुलेर ढकमक्क भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूल अब बिस्तारै फुल्नेबेला भएकाले पहिलो चरणमा अहिले खुर्पानी तथा आरुबखडा फुलेको हो ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउनुभएको छ।