नेपाल हक्की सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि शर्मा सङ्घको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।
गत शुक्रबार बाँकेको शम्शेरगञ्जनजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाका स्वास्थ्य अवस्था बुझन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अस्पताल पुग्नुभएको छ ।
एसिया कप क्रिकेटको सुपर चारमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको कोलम्बोमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताउनुभएको छ ।
ताप्लेजुङका किसान पछिल्लो समय अकबरे खुर्सानी खेतीमा आकर्षित हुन थालेका छन् । कम मेहनत र परिश्रमबाटै राम्रो उत्पादन गर्न सकिने भएपछि जिल्लाका किसान अकबरे खेतीमा आकर्षित हुँदैगएका हुन् ।
ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो ।
कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
बाजुराको साँफे-मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । गत शनिबार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ ।
विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्याली निकालिएको हो ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जी –२० को समूहमा पूर्ण सदस्यको रूपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले नेपालको गरिबी हटाउन चीनसँग सहकार्य गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रधानमन्त्रीले आज बोलाउनुभएको बैठकमा आफूले सो सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताउनुभयो ।
माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
कृषि हाटबजारका लागि दुई वर्ष पहिले निर्माण सम्पन्न भएको सुविधासम्पन्न भौतिक संरचना हालसम्म प्रयोगमा आउन सकेको छैन ।