स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनाका दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आकासे पुललाई अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान सुरु गरेको छ। आकासे पुलमा लिफ्ट जडान गरी अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउन लागिएको हो। अभियानको पहिलो चरणमा परीक्षण परियोजनाका रूपमा महानगरभित्रका तीन वटा आकासे पुलमा लिफ्ट जडान गर्न लागिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१ वडामा भने अभियान सुरु हुन सकेको छैन ।
लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति डा. रामवरण यादव आइतबार साँझ वीर अस्पतालमा भर्ना हुनुभएको छ ।
नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतङ्क फैलिएको छ ।
पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको आइतबार उद्घाटन भएको छ ।
आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६ औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्ले सुझाव दिएको छ।
चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गर्नुभयो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी–छानी लखेटिरहेको आरोप लगाउनुभएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आइतबारका लागि तय भएको विशेष साधारण सभा स्थगित भएको छ ।
कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।