राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ जनाले मतदान गरेका छन् ।
ओपनर आशिफ शेख र कुशल भुर्तेल चम्किएपनि आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा बिहीबार सुरु भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले मतदान गर्नुभएको हो ।
पत्रकार नवीन चौधरीमाथि कुटपिट भएको छ । उहाँलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा भर्ना गरिएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गर्नुभएको छ ।
वाणिज्य बैङ्कहरूले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् ।
दीपा शाहीले चार गोल गरेपछि नेपालले एएफसी यू–२० एसिया कप छनोटमा घरेलु टोली प्यालेस्टानमाथि सानदार जित निकालेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा ‘भोट क्रस’ हुने सम्भावना नरहेको बताउनुभएको छ ।
यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरूलाई समयसीमा दिएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरुले नयाँ राष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान गर्नुभएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्यरुपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।