प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
बैतडी, भदौ २४ गते । अविरल वर्षापछि आएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११.३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस
ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नुहुनेछ ।
बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्युनिकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी इकाईहरुले आत्महत्या न्यूनिकरणको अभियान चलाएका हुन् ।
हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो ।
उहाँले यसका लागि क्यान्सर रोग जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सकिएको बताउनुभयो ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रभित्रका असहाय,ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई नगरपालिकाले शनिबारदेखि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
पाल्पामा जिल्ला स्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न भएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो ।
आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो ।
हत्या, छल, कपट, धोखा, ग्लानि, अपराधी मानसिकता आदि विषय समेटेर कलात्मकतामा पनि उत्तिकै ध्यान दिँदै निकै मेहनतका साथ बनाइएको स्पेनी चलचित्र हो ‘डेथ अफ अ साइक्लिस्ट’ (१९५५) । निर्देशक हुन् जुआन (गुआन) आन्तोनियो
एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । उमङ्ग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पार्नुभएको हो ।
मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।