सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उहाँले बताउनुभयो ।
टर्कीको सुरक्षा बलले दक्षिण पूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाउने पाँच आतङ्कवादीलाई पक्राउ गरेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिमी हिमाल हौ–शिखर हौ, तिमी मान हौ–पहिचान हौ
बाँचुन्जेली छिःछिः दुरदुर मरेपछि हाम्रो हुन्छ मान्छेको मन आजभोलि किन यति चाम्रो हुन्छ
यहाँको कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ। यसका लागि आवश्यक सबै सूचकहरू पूरा भएपछि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो। कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नुपर्ने सुझाव दिनुभयो। अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार २०८५ सालसम्म सबै नागरिकलाई आधारभूत तहसम्मको शिक्षामा पहुँच पुर्याउने व्यवस्था उल्लेख गरिएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा रहेको सुदूरपश्चिम प्रदेशकै ठुलो क्षमताको शीतभण्डार सङ्कटमा परेको छ। शीतभण्डार सञ्चालनका लागि लिएको ऋण समयमै तिर्न नसक्दा शीतभण्डार सङ्कटमा परेको हो। स्थानीय किसानका उत्पादन स्टोर गर्ने स्थान नभएपछि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिले २०७७ साल फागुनमा तीन हजार मेट्रिक टन क्षमता भएको शीतभण्डार सञ्चालनमा ल्याएको हो।
कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प भएको छ। सो कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना बिदामा हुनुहुन्छ। यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो। ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिनुभएको छ। उहाँ अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ।
सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ। ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो। तीन यात्रु लिएर आएको १५० यात्रु क्षमताको उक्त जहाजले पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ। ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो। पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले १० अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ। यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ। ड्रुकको विमान बिहान पौने सात बजे अवतरण गरी एक घण्टापछि यात्रु लिएर फर्किएको हो। पोखरा अन्तर्राष्ट्रिय
प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बिपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उहाँकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उहाँकै सम्झनामा खाली राखिएको छ ।
पाल्पा जिल्लाका १० वटा स्थानीय तहमध्ये बगनासकाली गाउँपालिका पनि एक हो। सदरमुकाम तानसेनदेखि सात किलोमिटर उत्तरपूर्वमा रहेको गाउँपालिकाको केन्द्र चिर्तुङ्गधारा हो। गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो। यो गाउँपालिकामा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिको समिश्रण रहेको छ। गाउँपालिकाको पूर्वमा रम्भा गाउँपालिका, पश्चिम तानसेन नगरपालिका, उत्तरमा का
गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरूमा २६ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८० असोज २ देखि २०८१ असोज ३ सम्म ३६७ दिन अवधिका लागि राख्न लागेको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सद्भाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो स्थतिमा जाने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सद्भाव कायम गराउन सबै पक्ष लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशकै महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम रोकिएको एक हप्ता नाघेको छ । विद्युत्गृह प्रवेश मार्गका नागरिकले जग्गाको मुआब्जा नपाएको भन्दै भदौ १६ देखि प्रवेश मार्गमा सवारी आवागमन र निर्माण कार्य बन्द गरेका हुन् ।