अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र पूर्व मन्त्री एवम् नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ। भेटका लागि प्रमुख शाह भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित नेता बस्नेतको निवासमा पुग्नुभएको हो।
देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ ।
माइती नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ। माइती नेपालले लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले माइती नेपालको महिला पुनर्स्थापना केन्द्रमा सहभागीबीच बुधबार फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिछ्याइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
स्ववियु निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले सभापतिको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघले विद्यार्थी नेता पुनाराम घिमिरेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।
नेकपा (एमाले) ओखलढुङ्गाले जिल्ला कमिटीका सबै नेतालाई दुई महिना कार्यक्षेत्रमा खटेर पार्टीको काम गर्न निर्देशन दिएको छ ।
जिल्लाकै प्रसिद्ध शिव मन्दिरमा पर्ने खार्पुनाथ शिवालयको पहिलेको स्वरूपमा परिवर्तन आएको छ । आकर्षण र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माण कार्य भएपछि पहिलेको मन्दिरको स्वरूप परिवर्तन भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ ।
स्थानीय सरकारले स्थानीयको गहुँबालीमा डोजर चलाएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका –८ मा असार मसान्तमा बजेट सक्ने लक्ष्यसाथ गहुँवालीमा एक्स्काभेटर लगाएर फिल्ड निर्माण गर्न थालिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रहेको उहाँको भनाइ छ ।
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ ।
राजमार्ग क्षेत्रमा सवारी साधनको पार्किङ व्यवस्थापन गर्न शिवराज नगरपालिकाले ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण गरेको छ ।