• २० वैशाख २०८१, बिहिबार

गीत

blog

तिमी हिमाल हौ–शिखर हौ, 

तिमी मान हौ–पहिचान हौ 

तिमी बुद्ध हौ – शान्ति हौ

तिमी लहरा हौ – फूल–लतिका हौ

सडकले पहिचान खोज्यो तिम्रै 

तिमी को हौ ? तिमी को हौ ? 


तिमी विस्वाश हौ – बिजय हौ 

तिमी पराक्रमी हौ– स्वाधीन हौ

तिमी स्वतन्त्र हौ –समृद्ध हौ

तिमी समय हौ–परिवर्तन हौ 

तिमी कला हौ–धर्म–सस्कृति हौ

तिमी पूर्व हौ–तिमी अपूर्व हौ 


तिमी दलित हौ–ब्राह्मण हौ 

तिमी क्षेत्रीय हौ–जनजाती हौ

तिमी नारी हौ–पुरुष हौ

तिमी कर्म हौ–मान्यता हौ

तिमी पृथ्वी हौ–आदि–सभ्यता हौ

तिमी विज्ञान हौ–तिमी विचार हौ 


सडकले पहिचान खोज्यो तिम्रै 

तिमी को हौ ? तिमी को हौ ?