सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यु आदेश जारी गरिएको छ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा भएको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले मलङ्गवा बजारक्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबिचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताउनुभएको छ ।
कालीकोटको सदरमुकाम मान्मा बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा–छोरा तीन दिनपछि आज २ बजेर २७ मिनेटमा आफन्तको सम्पर्कमा आएका छन् ।
निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पर्याप्तता लगानी गरेको तर राज्यले सोअनुसार कदर नगरेको वक्ताहरूले बताएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सदभाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो अवस्थामा जाने बताउनुभएको छ ।
बाजुराका विभिन्न ठाउँमा फलाइने पछिल्लो समय चिनोबाली लोप हुँदैगएको छ । बाजुराको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदहलगायतका केही ठाउँमा चिनो खेती लगाइने गरिन्छ ।
कैलालीको घोडाघोडी नगरपालिका –१० पहलमानपुरमा रहेको सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो क्षमताको शीत भण्डार सङ्कटमा परेको छ ।
कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटामा जङ्गली हात्तीले धानबालीमा क्षति गर्न थालेपछि किसान खेतमै जाग्राम बस्न थालेका छन् ।
नेपाल सितोरियो कराते सङ्घको दोस्रो साधारण सभा तथा महाधिवेशन (निर्वाचन) सर्वसम्मत रूपमा सम्पन्न भएको छ । बाराको निजगढमा सम्पन्न उक्त निर्वाचनबाट अध्यक्षमा धावा गुरुङ (दावा) पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बाँके जिल्लामा फेरि भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन्।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक सार्वजनिक बस पुगेको छ । हिल्सा पब्लिक यातायात प्रालिको बस शनिबार दिउँसो लिमीमा पुगेको हो ।
अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि उत्पादनमा जोडिन नसकेको गुनासो गरेका छन् । तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाएर रोजगारीसँग जोडी आत्मनिर्भर बनाउने भने पनि व्यवहारमा त्यस्तो नहुनेगरेको उहाँहरूको गुनासो छ ।
सर्वियन स्टार नोभाक जोकोभिच र रसियन स्टार डानियल मेदभेदेव युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गर्नुभएको छ ।