झापाको कमल गाउँपालिका –३ बगानेटोल क्याम्पा सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । शनिवार विहान ११ बजेतिर मे २ प ५९२३ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
चेल्सी वर्ल्ड स्कुलको आयोजनामा तेस्राे चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ ।
आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । मलेसियामा शनिबार भएको फाइनलमा युएईले थाइल्यान्डलाई ६ रनले हरायो ।
नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी भट्टराईले नेतृत्वको निषेधात्मक व्यवहारका कारण नेपालमा कम्युनिस्ट विभाजित भएका बताउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास र समृद्धिको दिशामा प्रदेश सरकारले इमानदारीपूर्वक काम गरिरहेको बताउनुभएको छ ।
खानेपानी सुविधाबाट वञ्चित मुस्ताङको लोमान्थाङ गाउँपालिकाको –१ र २ छेसेरका घर–घरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।
पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नयाँदिल्ली आइसक्नुभएको छ ।
सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ । त्यही भएर पनि उच्च प्राथमिकताका साथ सञ्चालन गर्न लागिएको हो ।
मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९६ पुगेको छ ।
भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नव निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।