अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्लासिक आर्ट ग्यालरी र क्रिटिक्स कर्नरले मङ्गलबार ‘कलाकौशल र लेखक’ शीर्षकमा फ्रि–कला कार्यशालाले आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित कला कार्यशालामा ललितकला, संस्कृति र सम्पदाको विषयमा कलम चलाउँदै आउनुभएका कला पत्रकार तथा महिला कलाकारको सहभागिता रहेको छ ।
जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नुु’ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । मङ्गोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिलाभन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलका लागि गीतकार मन्दिरा ढुङ्गेलले शब्द रचना गर्नुभएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ । गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
छोरा र छोरीलाई एउटै व्यवहार गर्न आमाबाट सुरु गर्नुपर्छ। समानता नभए बलजफ्ती गरेर अधिकार खोज्न महिलालाई सिकाउनुपर्छ।
१. सन् २०२३ फेब्रुअरीमा दक्षिण अफ्रिकामा सम्पन्न महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? अस्ट्रेलिया – अस्ट्रेलियाले घरेलु टिम दक्षिण अफ्रिकालाई १९ रनले हराएर सो उपाधि जितेको। अस्ट्रेलियाको महिला क्रिकेट टिमले लगातार तेस्रो पटक विश्व च्याम्पियन भएर ह्याट्रिक गरेको ।
निजामती सेवामा आरक्षणको व्यवस्था १. नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका सम्बन्धमा देखिएका समस्या र चुनौती प्रस्तुत गर्दै ती समस्या र चुनौती सम्बोधन गर्न पन्ध्रौँ योजनाले लिएका रणनीतिहरू उल्लेख गर्नुहोस् । लिङ्गका आधारमा अधिकार र अवसरको उपभोगमा विभेद गर्न नहुने मान्यता लैङ्गिक समानता हो। कमजोर अवस्थामा रहेका महिलालाई राजनीतिक, आर्थिक, सामाजिक एवं मनोवैज्ञानिक रूपमा सबल बनाउनुलाई महिला सशक्तीकरणका रूपमा बुझिन्छ। नेपालको संविधान, नीति, योजना, बजेट तथा कार्यक्रमले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जोड दिए तापनि यस विषयमा समस्या र चुनौती पनि उत्तिकै छन् ।
नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ ।
चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कका कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिन थालेको बताउनुभएको छ । यसको न्यूनीकरणका लागि यससम्बन्धी नीतिगत व्यवस्थालाई सबल र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाल प्रहरीको लागु औषध ब्युरो अन्तरगत झापामा परिचालित टोलीले दमकस्थित एक घरबाट एक महिना अघि गरेको एउटा सर्च र कारबाही प्रक्रियाको क्रममा लगेको विभिन्न सामान प्रहरीले सम्बन्धित परिवारलाई फिर्ता गरेको छ ।
खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले काठमाडौँमा मङ्गलबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेकाले खुला व्यापारको विकल्प नरहेको धारणा राखेका थिए ।
सरकारले दूधको मूल्य बढाएपछि केही राहत महसुस गरेका नेपाली कृषक पशुलाई खुवाउने आहाराको मूल्य वृद्धि हुने त्रासमा छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद सापकोटा विगतदेखि नै दूधको मूल्य बढेपछि पशु आहारा र औषधिको मूल्य बढाउने प्रवृत्तिले चिन्तामा परेको बताउनुभयो । विगतमा दूधको मूल्य बढेपछि स्वतः कृषि उपजका मूल्य बढ्ने कारण किसानले अझै पनि थाहा पाउन नसकेको उहाँले
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ।
सडकको ट्र्याक खोलिएको दुई दशकपछि दोलखाको मुढे–मेलुङ सडकखण्डको देउराली–अँधेरीखोला १० किलोमिटर सडक कालोपत्रे हुने भएको छ। तत्कालीन जिल्ला विकास समिति हुँदा करिब २३ वर्षअघि ट्र्याक खोलिएको यो पुरानो सडक स्थानीयवासीको लामो प्रयासपछि कालोपत्रे हुन लागेको समाजसेवी मोहनसिंह तामाङले बताउनुभयो।
बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ ।
चितवनका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाले अस्पतालले विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरी अहिले पाँच हजार चार सय जनालाई खोप लगाइसकिएको जानकारी दिनुभयो ।