त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, भन्सार कार्यालयकै नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा भन्सार कार्यालयका थप तीन जना कर्मचारी पक्राउ परेको जानकारी दिनुभयो। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिनुभयो ।
दार्चुला जिल्लामा चीनतर्फको सीमानाका टिङ्करमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । दार्चुलाको व्यास–१ स्थित छयालेक टिङ्करमा स्थापना गरिएको बिओपी चीनतर्फको नवौँ आउट पोस्ट रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार टिङ्करमा बिओपी स्थापनासँगै नेपाल–चीनतर्फ नौ र नेपाल–भारत सीमानाकामा २४३ गरी बिओपीको सङ्ख्या २५२ पुगेको छ ।
एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ ।
विश्वभर दिगो शान्ति कायम गर्ने र शान्तिको महत्वबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन हुनेभएको छ । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा आगामी सेप्टेम्बर १८ देखि २० (असोज १ देखि ३) सम्म सो सम्मेलन हुन लागेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनसहित ज्यापु समुदायका १६ जना जनप्रतिनिधिलाई सम्मान गर्नुभएको छ।
महिला फुटबलरको पहिचान बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा अन्तरमाध्यमिक विद्यालयस्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताउनुभएको छ ।
नेकपा (एमालें) का उपाध्यक्ष तथा पूर्व सभामुख एवम संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताउनुभएको छ । धरानमा शनिबारदेखि शुरु भएको दुई दिने राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।
मकवानपुरको थाहा नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ। सङ्घको थाहा नगरमा शनिबार भएको प्रथम अधिवेशनले अध्यक्षमा ढकाललाई निर्विरोध निर्वाचित गरेको हो।
गोठ छाना नजिकै घाँस काट्नेक्रममा चितुवाको आक्रमणमा परी रामारोशन गाउँपालिका निवासी एक महिला घाइते भएकी छन् । चितुवाको आक्रमणबाट रामारोशन गाउँपालिका –६ भटाकाटिया निवासी अन्दाजी ३५ वर्षीया हैकला साउद घाइते भएकी हुन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ ।