• १ जेठ २०८२, बिहिबार

ज्यापु समुदायका १६ जना जनप्रतिनिधि सम्मानित

गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक सम्मानित

blog

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सम्मान लिनुहुँदै गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन ।

काठमाडौं, भदौ २३ गते। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनसहित ज्यापु समुदायका १६ जना जनप्रतिनिधिलाई सम्मान गर्नुभएको छ। 

शनिबार काठमाडौंमा आयोजित ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा गृहमन्त्री श्रेष्ठले ज्यापु समुदायका १६ जना जनप्रतिनिधिका साथमा संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनलाई सम्मान गर्नुभएको हो। 

कार्यक्रममा सङ्घीय सांसदहरु प्रेमबहादुर महर्जन र प्रेम सुवाल, बागमती प्रदेशका प्रदेश सभाका सदस्यहरु रघुनाथ महर्जन, प्रेमभक्त महर्जन, मिनकृष्ण महर्जन राजेन्द्र प्रजापतिलाई सम्मान गरिएको थियो। 

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, तारेकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलाई सम्मान गरिएको हो। 

राष्ट्रिय भूमि आयोगका सदस्य सरिता महर्जन, श्रीगोबिन्द महर्जनलाई पनि सम्मान गरिएको कार्यक्रममा महागुठीका संस्थापक अध्यक्ष तथा संस्कृतिविद् विपेन्द्रदास महर्जनलाई मरणोपरान्त सम्मान गरिएको छ। 

यो पनि पढ्नुहोस