भदौ २४ गतेको मिति–तिथिमा जन्मेका मानिस त धेरै हुन्छन्, तीमध्ये कतिलाई आफ्नै जन्म मितिको हेक्का हुँदैन। केही व्यक्तिको जन्म मिति भने लाखौँ मान्छेले सम्झिरहेका हुन्छन्। हो, त्यस्तै व्यक्ति हुनुहुन्छ विश्वेश्वरप्रसाद (बिपी) कोइराला। मानिसलाई जन्मले होइन कर्मले कालजयी व्यक्तित्वका रूपमा स्मरणीय बनाउने रहेछ। बिपी त्यही कर्मले युगयुगान्तर बाँचिरहनुभएको छ। राणाकालीन नेपालमा शासकीय कोपभाजनमा खेदिएको परिवारमा जन्मी राजनीतिक चेतनामा हुर्कनुभएका बिपी कोइराला (१९७१ भदौ २४–२०३९ साउन ६ ) नेपाली राजनीतिका प्रजातान्त्रिक विचारक, नायक, योद्धा हुनुहुन्छ। अखिल भारतीय कांग्रेस, नेपाली राष्ट्रिय
चौठीचाँद अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारलाई यतिबेला भ्याइनभ्याइ छ । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखेर चन्द्रमालाई अर्घ दिएर तराई मधेशमा भदौ चतुर्थी तिथिका दिन मनाइने ‘चौठचन्द्र’ चौरचन पर्वका लागि व्रत बस्नेलाई माटोको भाँडा पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ ।
विश्वेश्वरप्रसाद कोइराला (बिपी) नेपालको राजनीतिक, सामाजिक र साहित्यिक इतिहासका आधुनिक चिन्तक हुन्। उनी नेपालको प्रजातान्त्रिक राजनीतिका सङ्घर्षशील नेता र आधुनिक नेपाली आख्यानका कुशल स्रष्टा मात्र होइनन्, मूलतः उनी प्रखर चिन्तक हुन्। उनले गरेको राजनीतिक तप र साहित्य साधना चिन्तनकै प्रायोगिक रूप हुन्। बिपी पनि मानिस नै थिए, नेपाली मानिस तर उनको क्षमता सामान्य व्यक्तिको भन्दा उच्च र असामान्य थियो। उनको चिन्तन राष्ट्रियता र बौद्धिकताले पूर्ण थियो। मानवीय मूल्य र मान्यताले निर्देशित थियो। त्यसैले बिपी चिन्तन र सिर्जनाको खोज र विश्लेषण गर्दा सबल पक्ष सधैँ प्रकाशमान देखिन्छ भने अभाव पक्ष छायामा पर्छ।
भारतीय स्वतन्त्रता आन्दोलनमा बिपी कोइरालाको ठुलो योगदान छ। भारतीय स्वतन्त्रता आन्दोलन ताका उनी पटक–पटक पक्राउ परेका थिए। एक पटक दरभङ्गा जिल्लामा जुटमिलका मजदुरलाई सङ्गठित गर्ने क्रममा पक्राउ परी केही महिना जेलमा राखियो र पछि छोडियो। दोस्रो पटक पटनामा पक्राउ परी केही महिनापछि छोडियो। तेस्रो पटक सन् १९४२ को सुरुमा पुनः पटनामा महात्मा गान्धीसँगै पक्राउ परी केही महिना हिरासतमा राखियो। एक पटक पटना आउँदा आउँदै बिपीलाई सन् १९४२ को अन्तिमतिर पक्राउ परी पटना जेलमा डा. राजेन्द्र प्रसाद, अनुग्रह नारायण सिंह जस्ता नेतासँगै राखियो। केही महिनापछि हजारीबाग जेलमा सारियो। बिपी हजारीबाग जेलमै हुँदा नेपालका राणा शासकले उनलाई सुपु
निर्वाचन आयोगको २०८० असार १८ गतेको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन साबिकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, गृह मन्त्रालयमार्फत संसद्मा पेस गर्ने निर्णय गरेको थियो। प्रस्तावित विधेयकमा सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास, विगतका अनुभव तथा सरोकारवालाहरूको पृष्ठपोषणसमेतका आधारमा साबिकको निर्वाचन कानुनमा परिमार्जन गरिएको छ। नेपाल सरकार, मन्त्रीपरिषद्को २०७८ पुस १४ गतेको निर्णयबाट सैद्धान्तिक सहमति प्राप्त भई तयार गरिएको विधेयक तर्जुमा गर्ने क्रममा आयोगले सरोकारवालासँग सात वटै प्रदेश तथा केन्द्रमा छलफल एवं अन्तर्क्रिया गरी सुझाव सङ्कलन गरेको थियो। आयोगले विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा म
पर्यटनको इतिहास धेरै पुरानो रहेको देखिन्छ। सम्राट् अशोक लुम्बिनी आएको र बौद्ध क्षेत्रको दर्शन गरी स्तम्भ राखेको प्रामाणिक इतिहास छ। हिरोडट्सले इजिप्ट, प्यालेस्टाइन, दक्षिणी रसिया, उत्तरी अफ्रिकाको यात्रा गरेका थिए भनिन्छ। प्राचीन रोमनहरू बिदामा विदेश घुम्ने गर्दथे। बेलायती पर्यटन व्यवसायी थोमस कुकले सामूहिक पर्यटनको सुरुवात गरेका थिए। हुएन साङले उत्तरी नेपालको भ्रमण गरेका थिए। नेपालको एकीकरणपछि पनि राजनीतिक सम्बन्धका लागि विदेशीहरूले नेपालको भ्रमण गर्ने गरेको पाइन्छ। कर्कप्याट्रिक, ह्यामिल्टन, हड्सन जस्ता व्यक्तिहरूले नेपाल भ्रमण गरी सामाजिक, सांस्कृतिक पक्षह
मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै अझै सञ्चालन भएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुनले ठुलासाना भनेर कसैलाई नचिन्ने बताउनुभएको छ। गोरखाको सिरानचोकमा स्थानीय जनप्रतिनिधि तथा सिरान चोकवासीसँग शनिबार भेटघाट गर्दै उहाँले कानुनले दोषी ठह¥याएका सबैलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। “गरिब र निमुखालाई मात्र कानुन लाग्छ। ठुला नेता, मन्त्री, सचिव या ठुला पदाधिकारीलाई कानुन लाग्दैन भन्ने जस्तो बुझाइलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,” उहाँले भन्नुभयो, “यदि कोही दोषी छ भने त्यो मन्त्री भए पनि, नेता भए पनि, कर्मचारी भए पनि कसैले छुट पाउन सक्दैन।”
हिमालपारिको जिल्ला मनाङमा वर्षा ऋतुको अन्त्यसँगै पर्यटक भित्रिन थालेका छन् । पर्यटनको सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मनाङमा देख्न सकिन्छ । यो वर्षको सिजन सुरु भएसँगै मनाङमा हालसम्म १४९ बाह्य पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) को तथ्याङ्कले देखाएको छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार चार सय बाह्य पर्यटक भित्रिएको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
कृषिमा ७४ हजार पाँच सय स्थायी कामदार रहेका छन् । ती कामदारलाई ३९ हजार कृषक परिवारले स्थायी रूपमा राखेको कृषिगणना २०७८ ले जनाएको छ । कृषिगणना २०६८ मा पनि ३९ हजार कृषक परिवारले स्थायी कामदार राखेका थिए । त्यति बेला स्थायी कामदार ७२ हजार तीन सय थिए । त्यसमध्ये २८ प्रतिशत महिला थिए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।
बागमती प्रदेशको प्रदेश सभाको बैठक मिति तय गर्ने र पटक पटक सार्नुपर्ने अवस्था आएपछि बैठक सञ्चालनको लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको छ ।
राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको योगदानबारे चर्चा गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले स्वर्गीय राजापुरीको साहित्यिक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उनको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो ।
नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ ।