वीरेन्द्रनगर चक्रपथ निर्माण सुरु भएको दुई दशक पुग्नै लाग्दासमेत अधुरै छ । बरु दुई पटक थपिएको निर्माण सम्झौता अवधिसमेत सकिएको छ । आर्थिक वर्ष २०६२/६३ मा जिल्ला विकास समितिले चक्रपथ निर्माण कार्य थालेको थियो ।
कैलालीको भजनी नगरपालिका–५, पगियापसारवासीले मोहना नदीले खेतीयोग्य जमिन काटन गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न माग गरेका छन् । नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा धान खेतमा ठुलो क्षति पुगेको भनाइ स्थानीयवासीको छ । उनीहरूले कटान नियन्त्रणको माग गरेका छन् । त्यसका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ ।
पूर्व पश्चिम राजमार्गको झुरझुरेमा शनिवार बिहान ०६ः२५ बजे दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कैलालीको जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको ‘थारु लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ सम्पन्न भएको छ
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गण्डकी प्रदेश सरकारले प्रदेशको विकासमा ऐतिहासिक काम गर्ने बताउनुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता प्रदेशभरि शिक्षा, खानेपानी, बिजुली पु-याउने
जिल्लाको विभिन्न स्थानमा औद्योगिक ग्राम निर्माणको काममा ढिलो भएको छ । तानसेन र रामपुर नगरपालिकामा औद्योगिक ग्राम निर्माणमा ढिलो भएको छ भने माथागढी र रिब्दीकोटमा औद्योगिक ग्राम निर्माणको काम सुरु नै भएको छैन ।
नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी, गन्गाई, ताजपुरिया जातिले बिहीबार झापामा दधिकाद पर्व मनाएका हुन् ।
नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जीवनरक्षामा औषधी व्यवसायीहरूको भूमिका र योगदान सराहनीय रहेको बताउनुभएको छ । उहाँले कोभिड महामारीको समयमा पनि आफ्नो स्वास्थ्य र जीवनको परवाह नगरी राष्ट्र, समाज र सर्वसाधारणको जीवनरक्षाका लागि अहोरात्र खटेर औषधी व्यवसायीले राष्ट्र र समाजका लागि अनुकरणीय काम गरेको बताउनुभयो ।
लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ; लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ । नैतिकतालाई आचरणका रूपमा विकास गरेर लैजाने समाज समुन्नत हुन्छ । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो, अन्तर्विरोध हो । नयाँ सन्दर्भमा नैतिकताको पुनव्र्याख्या आवश्यक छ । नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतालाई आ–आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ, त्यसैले नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैँ भएको छ । भुल्न नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । कुनै पनि मानक बन्ने व्रmममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनीतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महìवपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निःसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने विषय आज अनैतिक र अवैधानिक बनेका हुन्छन्, त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरुरी छ । नैतिकताको पुनर्निर्माण प्रव्रिmयाको पनि थालनी आवश्यक छ । सामाजिक भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो; जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्कगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि जरुरी देखिएको छ ।कुनै पनि कुराको औचित्य त्यति बेलासम्म रहन्छ, जति बेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन । ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसका बारेमा पूर्वमान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रव्रिmया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ । कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नवमान्यता स्थापित गर्न विहङ्गम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसका लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नु पर्छ ।विसर्जनतिर नैतिकतासमाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधी बेचबिखनमा बढी सव्रिmय हुन थाल्यो । डाक्टर कम, व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिँड्न थाल्यो । विश्वविद्यालयको प्राध्यापक, न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश बिचौलिया र न्याय खरिद–बिव्रmीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट हाउस झैँ भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडव्रmस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । मन्दिर, चर्च र गुम्बा पुजारी, पादरी र लामाको व्यापारिक दोकान बन्दै छन् । बुद्ध मार्ने र हिटलर पाल्ने महान् मान्छेको दर्जामा उक्लियो । नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्मेवार बन्छ । यस्तै गरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रय–विक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी भनिएको हो ।समाज सधैँ सनातन तवरले चल्न सक्दैन । कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नु पर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नु पर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नु पर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछुत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला गर्यो, नोक्सानी त्यति नै बढ्ने छ ।हिन्दु धर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुने छ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न । समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान–विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानव हितकारी तìवको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनु पर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् । मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन, राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधिराख्ने कडी पनि हो मनुस्मृति । मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको सङ्कथन हो । दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानु पर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य निर्माण गर्नु पर्छ । वैचारिक बहस निर्माण गर्नु पर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनु पर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेष गरी वेदको व्याख्या गरिँदा आएका विकृत विषय महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष, सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनु पर्छ ।विनिर्माणको अमृतमय अवसरअग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेदभित्र के छैन ? कति गहन जीवन, दर्शन, नीति नियतिको र विज्ञान छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसै गरी वेदभित्र त्याज्य कुरा र प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास, साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । आज पर्यन्त रहस्यको गर्भभित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने इपू १८०० देखि १५०० वर्षपहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वाञ्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल तथा दार्शनिक मत रहेको छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन बिल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो, सो आज हुन÷नहुन सक्छ; त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पुनरवलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्छ । आजको सरोकार मृत्युको होइन, कालजयी कृतिको अमरत्वका लागि हो । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरुपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीले बुझ्नु पर्छ । दर्शन बुद्धि, तìव र ज्ञानको विषय भएको हुनाले तìवको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तìव ज्ञान सम्भव छ; सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरवलोकन अमृतमय अवसर पनि हो ।आचरण बन्नु पर्छ नैतिकताधर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास र संस्कार हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनु पर्छ । नैतिकता अवलम्बन गरिने विषय हो, ढोङ्ग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ताबाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो ।
मेचीनगरस्थित वडा नं. ४ मा नेपाल–भारत सिमानाको जङ्गेपिल्लर हात्तीले भत्काइदिएको छ । आले टुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बर जङ्गेपिल्लर हात्तीले भत्काएको हो । वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको -यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिल्लर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिल्लर पूर्ण रूपमा भत्काएर क्षति पु-याएको छ ।
रामेछाप जिल्लाका आठ स्थानीय तहमध्ये खाँडादेवी गाउँपालिका एक हो । साबिकका राकाथुम, मझुवा, भिरपानी, पकरबास, माकादुम, गागल भदौरे र पिङखुरी गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले
न्याय, समानता, अहिंसा, सत्य र निष्ठाका पक्षधर नेपालीको सङ्घर्षमय जीवन, सादगीपूर्ण जीवनशैली, स्वाभिमानीपन, इमानदारी, निष्पक्ष एवं निर्भीक पत्रकारिता, निःस्वार्थ समाजसेवालगायतका विषय हामी सबैका लागि प्रेरणादायी रहने छन् । पत्रकारिताका अतिरिक्त साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान अनुकरणीय छ ।तू न थकेगा कभी, तू न रुकेगा कभी,तू न मुडेगा कभी, कर शपथकर शपथ, कर शपथअग्निपथ, अग्निपथ, अग्निपथ (तिमी कहिल्यै थाक्नु हुँदैन, तिमी कहिल्यै रोकिनु हुँदैन, तिमी पछाडि फर्केर नहेर्नु, शपथ लिनु केवल अग्निपथ) भारतका प्रसिद्ध साहित्यकार हरिवंशराय बच्चनका पङ्क्ति जस्तै कलमको माध्यमले न्याय, समानता र स्वतन्त्रताका लागि आजीवन सङ्घर्ष गर्ने प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो राजेश्वर नेपाली । जो किशोरावस्थादेखि हाल जीवनको उतरार्धसम्म उहाँले आफ्नो कलमलाई रत्तिभर पनि डगमगाउन दिनुभएन । छैन । शरीरमा प्राण रहँदासम्म अन्याय, अत्याचार र बेथितिविरुद्ध स्वच्छन्द रूपमा समाज र देशका लागि कलम चलाइरहनुभयो ।नेपालको प्रजातान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अनवरत सङ्घर्षरत योद्धा नेपाली भदौ ११ गते सोमबार देह त्याग गरेर महाप्रस्थान गर्नुभएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला गाउँमा विसं २००२ साल भदौ १९ गते पिता रामदुलार साह र माता इन्द्रमणिदेवी साहको कोखबाट माहिलो सन्तानका रूपमा जन्मिनुभएका उहाँले विसं २०१५ सालदेखि साहित्य लेखन तथा २०१८ सालदेखि पत्रकारिता क्षेत्रमा अनवरत पुर्याउनु भएको योगदान अतुलनीय छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जनअधिकार बहालीका लागि भएका आन्दोलनमा कलमको माध्यमले निर्वाह गर्नुभएको भूमिकालाई शब्दमा वर्णन गर्न सकिन्न । न्याय, समानता, अहिंसा, सत्य र निष्ठाका पक्षधर नेपालीको सङ्घर्षमय जीवन, सादगीपूर्ण जीवनशैली, स्वाभिमानीपन, इमानदारी, निष्पक्ष एवं निर्भीक पत्रकारिता, निःस्वार्थ समाजसेवालगायतका विषय हामी सबैका लागि प्रेरणादायी रहने छन् । पत्रकारिताका अतिरिक्त साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदान अनुकरणीय छ । नेपालीको निधनले मधेश प्रदेश मात्र नभई नेपालको पत्रकारिता क्षेत्रमा सदैव उहाँको अभिभावकत्व खट्किरहने छ ।राजनीति, साहित्य, पत्रकारिता, इतिहास, संस्कृतिलगायतका क्षेत्रसँग सम्बन्धित विषयमा घण्टौँ बोल्न सक्ने अद्भुत क्षमता उहाँमा थियो । तरबारको धार झैँ तिखो कलम चलाउँदै आउनुभएका नेपालीसँग भेट्न जानेहरूलाई थोरै शब्दमा जीवनका अतीतका घटनाबारे तिथिमिति र समयसहित कण्ठस्थ सुनाउनुहुन्थ्यो । धोती कुर्तामा देश र मधेश चिनाउनुभएका उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सयौँ पुरस्कार, सम्मान तथा कदरपत्र प्राप्त गर्नुभएको छ । उहाँ जतिको सम्मान एवं प्रशस्तिपत्र सायदै अन्य कुनै पत्रकार वा साहित्यकारले पाएका होलान् । पङ्क्तिकारले विद्यार्थी राजनीतिमा रहेका बेला नेपालीको नाम सुनेको थियो । २०५६-५७ सालतिर जब पत्रकारितामा प्रवेश गरेँ । त्यसपछि कतिपय कार्यक्रममा प्रत्यक्ष हेर्ने र उहाँका क्रान्तिकारी अभिव्यक्ति सुन्ने प्रत्यक्ष अवसर पाएँ । उहाँको सादगीपूर्ण जीवनशैली र निर्भीक रूपमा चर्को बोल्ने शैलीबाट म प्रभावित हुँदै गएँ । उहाँको पत्रकारिता क्षेत्रको सङ्घर्ष यात्रा र पुस्तक लेखनबाट मैले प्रेरणा पाएको छु । साँचो कुरा भन्न नडराउने तथा जस्तो सुकै परिस्थितिमा पनि रत्तिभर नडगमगाउने उहाँको अद्भुत स्वभाव थियो । आजभन्दा १२ वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना भएको थियो । उक्त सम्मेलनमा मैथिली साहित्य परिषद् राजविराजबाट म पनि सहभागी भएको थिएँ । संयोगले उहाँ र जनकपुरका चर्चित पत्रकार, साहित्यकार प्रा. प्रमेश्वर कापडी, साहित्यकार एवं रङ्गकर्मी उपेन्द्र भगत नागवंशी, पत्रकार मित्र श्रवण देवसमेत एउटै कोठामा दुई रातसँगै बस्ने अवसर पायौँ । त्यति बेला उहाँसँग सामान्य कुराकानी भयो । मेरो मनमा उहाँसँग जान्नुपर्ने धेरै जिज्ञासा थिए तर मैले उहाँले बोलेका कुरा सुनी मात्र रहेँ । उहाँको क्रान्तिकारी छवि र कडा स्वरमा बोल्ने बानीका कारण चाहेर पनि जिज्ञासा राख्न हिचकिचाउँथे । उहाँको सङ्घर्षयात्रा, निष्कपट बेदाग व्यक्तित्व र जीवनशैलीले ममा प्रभाव जमाउँदै गयो । २०६८ सालको कुरा हो । म काठमाडौँ गएको थिएँ । सहिदगेटतर्फको पेटीबाट म आफ्नो गतिमा पैदलै गन्तव्यतर्फ जाँदै गर्दा अचानक सेतो धोती, सेतो कुर्ता, गम्छा र काँधमा खादीको झोला भिरेका सेतो कपाल र सेतो जुँगा भएका बाबा अर्थात् त्यही कलमवीर योद्धा नेपालीसँग जम्काभेट भयो । मैले प्रणाम गरेँ । उहाँ मेरो अनुहारतिर हेरेर मुस्कुराउनु भो, मैले भनेँ, “हम श्यामसुन्दर, सप्तरीके ।” अनि उहाँले “हँ चिन्ह गेलौँ” भन्दै आराम कुशल सोध्नुभयो । मैलै “सबै ठिक छ, म नेपाल टेलिभिजनमा पारिश्रमिक लिन आएको” बताएँ । उहाँले झोलाबाट दुई वटा किताब झिकेर मेरो हातमा सोहागिन र सोमली मैथिली सङ्ग्रह थमाउनुभयो । मैले हार्दिकताका साथ ग्रहण गरेँ । मैले उहाँका दुवै कथासङ्ग्रह पढेँ । त्यसपछि उहाँप्रतिको आस्था र सम्मान झन् बढ्दै गयो । खोजी गर्दै जाँदा विभिन्न विधामा उहाँले दुई दर्जन पुस्तक लेख्नुभएको जानकारी पाएँ । करिब डेड दर्जन पुस्तक प्रकाशनको व्रmममा रहेका छन् । उहाँ जस्ता पत्रकारिता, साहित्य, सामाजिकलगायतका क्षेत्रमा उच्च कदका आदरणीय व्यक्तित्व राजेश्वर बाबा अर्थात् नेपालीजीका अन्य पुस्तक खोजी गरेर पढ्ने कौतुहलता ममा बढ्दै गएको छ । पत्रकारितासँगै गोरखापत्रलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामार्फत उहाँका लेख निरन्तर प्रकाशित भइरहन्थे । मैले खोजीखोजी चाख लिएर पढ्ने गर्दथे । कारण ऐतिहासिक, सांस्कृतिक, पुराताìिवक, सामाजिक तथा राजनीतिक क्षेत्रमा कलम चलाउँदै आएकाले उहाँका लेख ज्ञानको राम्रो खुराक हुने गरेको छ । त्यसमा पनि उहाँ आफैँ धेरै ऐतिहासिक घटनाका साक्षी पात्र हुनुहुन्छ । त्यसैले विभिन्न आन्दोलन, घटना तथा राजनीतिक व्यक्तिका बारेमा लेख्नुभएको विषयमा तथ्य र प्रमाणसमेत हुने गरेको पाएको छु । अझै पनि अतीतका कालखण्डमा भएको घटना विवरण तथा मिति र समयसमेत उहाँको दिमागमा ताजै छ । उहाँ साँच्चिकै मधेश मात्र नभई नेपालको जिउँदो इतिहास हुनुहुन्थ्यो ।उहाँसँगको अर्को भेट २०७१ सालमा राजविराजमा भयो । सन्दर्भ थियो १४ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन । म त्यति बेला न्युज टुडे दैनिकको सम्पादक थिएँ । उहाँसँग पहिलादेखि नै चिनजान रहेकाले पत्रकारलाई समन्वय गरिदिन आग्रह गर्नुभएको थियो । समाचार सङ्कलन तथा सम्प्रेषणमा मैले भ्याएसम्मको सहयोग र समन्वय गरेँ पनि । उहाँसँगको लगाव बढ्दै गयो । त्यसपछि त गुगलमा राजेश्वर नेपालीका लेख, रचना एवं संस्मरण खोजीखोजी पढ्न थालेँँ । देश सङ्घीय संरचनामा गएपछिको मधेश प्रदेश (साबिक, प्रदेश २) का तात्कालीन मुख्यमन्त्री मा. लालबाबु राउत नेतृत्वको सरकारले २०७७ माघ २३ गतेको मन्त्रीपरिषद्ले पङ्क्तिकारलाई आमसञ्चार प्राधिकरणको अध्यक्षमा र मिडिया काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईलाई नियुक्त ग¥यो । त्यसपछि आदर्श पत्रकार नेपालीलाई भेट्ने निधो गरियो । उहाँ जानकी मन्दिर छेउमा उहाँको पत्रिकाको कार्यालयमा रहेको जानकारी पायौँ । हामी दुवै जना खोजी गर्दै जानकी मन्दिरदेखि उत्तर पूर्वको गल्लीमा पुग्यौँ । त्यहाँ बसेर उहाँले पत्रिका सम्पादन गरिराख्नुभएको थियो । उहाँसँग हाम्रो कुराकानी भयो । त्यसपछि उहाँसँँग निरन्तर भेटघाट नभए पनि उहाँका ज्वाइँ अर्थात् नेपाल टेलिभिजनका संवाददाता श्रीनारायणजीसँग बाबाको विषयमा सोधिरहन्थेँ । उहाँ बिरामी परेको कुरा सुनेर अत्यन्तै दुःखी हुन्थेँ । पटक पटक जेलनेल, यातना र मानसिक प्रताडना सहनुभएका उहाँ विगत दुई वर्षयता अस्वस्थ रहँदै आउनुभएको थियो । भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएर उहाँ क्यान्सरलाई समेत जित्न त सफल हुनुभएको थियो तर शरीर कमजोर र शिथिल भएको थियो । विद्यार्थी जीवनकालदेखि नै हक्की र स्वाभिमानी स्वभावका नेपालीले कलमको माध्यमबाट व्रmान्ति गरिरहनुभयो । राणा र निरङ्कुश पञ्चायती शासन र शाही शासन सत्ताको समूल समाप्त पार्न उहाँको भूमिकाको जति प्रशंसा गरे पनि कमै हुने छ । प्रजातान्त्रिक आन्दोलनमा उहाँलाई प्रहरीले निर्घात कुटपिट गर्दै चरम यातना दिएका थिए । हिरासतमा प्रहरीले पिठ्युँ र ढाडमा समेत बेस्सरी लट्ठीले कुटेका थिए । त्यति बेला शरीरले पचाए पनि जीवनको उतरार्धमा आउँदा मेरुदण्डको हड्डीको दुखाइले पिरोलिरहेको थियो । उठबसमा समेत समस्या भइरहेको थियो ।नेपालीका पिता रामदुलार साह राणाविरोधी आन्दोलनका योद्धा हुनुहुन्थ्यो । पिताकै कारण नेपाली कांग्रेसको विचारसँग नजिक हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा आर्जन गर्नुभएका उहाँले २०१८ सालदेखि औपचारिक रूपमा पत्रकारिता तथा २०२० सालदेखि साहित्यिक क्षेत्रमा कलम चलाउन थाल्नुभएको थियो । त्यति बेला नेपाल तथा भारतबाट प्रकाशित हुने पत्रिकामा समाचार एवं विचार लेख्ने चर्चित पत्रकारका रूपमा चिनिनु हुन्थ्यो । त्यति बेलाका शासकले जतिसुकै मानसिक तनाव र यातना दिए पनि उहाँ निरन्तर जनताको पक्षमा समाचार लेख्ने काममा निरन्तर लागिरहनुभयो । २०४० सालमा उहाँले लोकमत पत्रिका दर्ता गराएर प्रकाशनमा ल्याउनुभयो । त्यति बेला पत्रिकाको १८ अङ्क निस्किएपछि पञ्चायती शासकले पत्रिका दर्ता खारेज गरिदियो । सर्वोच्च अदालतमा मुद्दा लडेर उहाँले जित्नुभयो । त्यसपछि २०४३ सालयता लोकमत निरन्तर प्रकाशनमा रहेको छ ।स्मरणीय कुरा के छ भने समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उहाँले करिब डेढ वर्ष जेलनेल भोग्नुभयो । प्रहरीको चरम यातनाका बिच पनि उहाँसहितका नेताले पञ्चायत मुर्दावाद, प्रजातन्त्र जिन्दावाद भन्ने नारा लगाउनु हुन्थ्यो । पत्रकारितामै लागेका जेठो छोरा रवीन्द्रको २९ वर्षको कलिलो उमेरमा निधन भयो । रवीन्द्रले सञ्चालन गरेको विश्वजागरण दैनिक हाल पनि प्रकाशनमा रहेको छ । केही वर्षअघि मात्र उहाँका जीवनसङ्गी सरस्वती देवीको समेत निधन भइसकेको छ । पुत्र र पत्नीशोकको पीडा खेप्दै आउनुभएका उहाँले जनकपुरधामस्थित जिरो माइलमा दिवङ्गत छोरा रवीन्द्रको नाममा भव्य भौतिक पूर्वाधारसम्पन्न अस्पताल निर्माण अन्तिम चरणमा पु¥याउनुभएको छ । उहाँले आफ्नो गाउँमा क्लब, स्कुल र पुस्तकालयसमेत खोल्नुभएको छ । नेपालमा प्रथम हिन्दी साहित्य सम्मेलन तथा २०५२ देखि हालसम्म १८ वटा हिन्दी सम्मेलन तथा दुई वटा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरधाममा उहाँले आफ्नै सव्रिmयतामा आयोजना गरिसक्नुभएको छ । बिरामी पर्नुअघिसम्म पत्रकारिता, साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा उहाँको ऊर्जावान् सव्रिmयता अनुकरणीय छ । उहाँका करिब डेढ दर्जन जति पुस्तक प्रकाशोन्मुख छन् । उहाँकै सम्पादनमा रहेका पत्रिका अझै व्यवस्थित गर्नु छ । पछिल्लो समय पत्रकारिता तथा राजनीतिमा देखिएका विकृतिविरुद्ध उहाँले कलम चलाउँदै आउनुभएको थियो । राजनीति र पत्रकारितामा देखिएका बेथितिप्रति नेपाली असन्तुष्ट रहँदै आउनुभएको थियो । यति मात्र होइन, हामी जस्ता पत्रकारिता, साहित्य लेखन तथा राजनीतिप्रति आस्था राख्नेहरूलाई उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन् । अन्त्यमा नेपाली पत्रकारिताका स्तम्भ, आदर्श ‘राजेश्वर बाबा’ को तेह्रौँ दिनको पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धासुमन ।लेखक यादव आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष हुनुहुन्छ ।
बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यक्रम ल्याउन सकेन ।बिपी कोइराला आधुनिक नेपाली समाजका महान् राजनेता हुन् । १८ औँ शताब्दीका प्रजातान्त्रिक समाजवादका एक विचारकसमेत हुन् । बिपीलाई नेपाली समाजसँग जोडेर हेर्यो भने उनलाई जान्न र बुझ्न सजिलो हुन्छ । हालको नेपाली समाज उनकै सिद्धान्त तथा विचारको वरिपरि घुमिरहेको छ । उनकै अगुवाइमा प्रजातन्त्रको जग बसाल्ने थालनी भएको थियो । उनले बन्द समाजलाई खुलातर्फ, निरङ्कुश शासनलाई उदार प्रजातन्त्रतिर र रैतीलाई सम्मानित नागरिक बनाउने महान् कार्यको नेतृत्व गरेका थिए । युगौँयुगसम्म बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्यता पुष्टि भइरहने छ । नेपाली समाजलाई उन्नति पथमा डोर्याइरहने छ । त्यस कारण बिपी कोइराला नेपाली समाजमा युगीन राजनेताको रूपमा अनुसरणयोग्य छन् । प्रजातान्त्रिक समाजवाद भनेको राजनीतिक तथा आर्थिक समानता हो र समाजको सम्पन्नता हो । सबैतिर प्रजातान्त्रिक हुनु हो । सबैको पहुँचयोग्य व्यवस्था हो, बुलेट नभएर ब्यालेटको शासनपद्धति हो । जनताको सर्वोच्चता र सर्वोपरिता नै हो । जसले समाजका सदस्यको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । बिपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनु पर्छ भन्ने नै हो । यसरी बिपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडेर व्याख्या गरेका छन् । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिँदैन । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपीको समाजवाद नेपाली समाजमा चाँडो स्थापित भएको हो । आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिबाट निर्माण हुनु पर्छ । समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ । सरकार आफूले बनाएको विधि विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नति बिपीको समावादका मुख्य आधार हुन् । उनले राजनीतिक स्वन्त्रताबिनाको समाजवाद र आर्थिक उन्नतिबिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन, त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतिलाई एक ठाउँमा राखेर व्याख्या गरेका छन् । बिपीले प्रजातन्त्रको व्याख्या सरल तरिकाले गरेका छन् । उनले भनेका छन्, “जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनु पर्छ । जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न नागरिक संवाद पनि जोडिएर आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनु पर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो पनि सँगै आउँछ । तब मात्र सही व्यक्ति चुनिन सक्छ ।’’ यसरी बिपीको समाजवाद सैद्धान्तिक रूपमा पनि स्पष्ट छ । बिपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो सङ्घर्षपछि व्यवहारमा पनि लागु गरेर देखाएका छन् । बिपी नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।अधिकार गरिबलाई, शिक्षित, अशिक्षित सबैलाई चाहिने कुरा उनले उठाए । व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सबै अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नु पर्छ भन्ने बिपीको अटल मान्यता रहेको थियो । बिपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन । सबै समान हुन्छन् । कोही बढी, कोही कम भन्ने पनि हुँदैन । उनले प्रजातन्त्रका आधरभूत सिद्धान्तलाई आत्मसात् गरी व्याख्या गरेका छन् । बिपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । “मानी लिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दुधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गणितको न्यायले सबैलाई एक–एक चम्चा दुध दिन सकिएला तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।” उनले यसलाई उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन । दुधको उत्पादनको वृद्धि गर्नतर्फ लाग्नु पर्छ । पर्याप्त मात्रामा दुधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ भनेका छन् । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ । स्रोतसाधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो सङ्घीयतामा जाँदा सामान स्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो । समयको हिसाबले बिपीको प्रजातान्त्रिक समाजवाद केही पुरानो मानिए पनि अहिले राजनीतिक रूपमा नेपाली माटोको प्रतिविम्ब हो । पश्चिमेली राष्ट्रले दशकाैँ वर्षपहिले प्रतिपादन गरेको सिद्धान्त लागु गरिनु पर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको स्रोत बनेको छ । तत्कालीन नेकपा (एमाले)मा जनताको बहुदलीय जनवाद पनि यसकै वरिपरि घुमेको पाइन्छ । तथापि बिपीको समाजवाद र अरूका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाँज्न या तुलना गर्न सकिँदैन । बिपीको समाजवादले युगको परिवर्तन गर्यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डोर्यायो । रैतीबाट नागरिक बनायो । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रवेश गर्यो । यस कारण बिपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो । अब कुरा गरौँ, बिपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बिपी मार्गमा हिँड्यो कि हिँडेन ? बिपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्यो कि गरेन ? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्यो ? यी अहम् प्रश्न हुन् । नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको उदार प्रजातान्त्रिक समाजवाद हो । पार्टीको विचार, कार्यनीति, योजना तथा कार्यव्रmम सबै यसैमा आधारित छन् । फरक तरिकाले बुझ्दा त्यो बिपीवाद हो । कांग्रेसको वैचारिक जग भनेको प्रजातान्त्रिक समाजवाद हो । पार्टीको स्थापनाका कालदेखि बिपीको विचारले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा ग¥यो । बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यव्रmम ल्याउन सकेन । कांग्रेसको शासनकालमा मध्यम तथा ठुला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पुँजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । राज्यभन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकारभन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । जसले आर्थिक असमानता पैदा गरिदियो । गरिब झन् परनिर्भर हुँदै गए । जसले धनी र गरिबबिचको खाडल नपुरिने गरी बढाइ दियो । पुँजीवादको नाममा पश्चिमा मोडेलसँगै नवउदारवादलाई लागु गर्ने प्रयास गर्यो । जसले वैचारिक रूपमा विचलित तुल्यायो । किनारा पारिएका जनता या गरिबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउन छोड्यो । नेता तथा कार्यकर्ता बिस्तारै सहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो । बिपीले भने जस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरू पुगेपछि पार्टीका इमानदार कार्यकर्ताले तिनका विरुद्ध आन्दोलन गर्नु पर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन । पार्टीभन्दा पनि व्यक्ति बलियो हुँदै गए । लोकतन्त्र सत्तामा जाने सिँढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझाङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन । समय अनुसार कांग्रेसले बिपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गर्नुको अर्को विकल्प छैन । अब कांग्रेसलाई सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनु पर्छ । सम्पन्न तथा सहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनु पर्छ ।
आफ्नो पूरै कार्यकालको तलब भत्ता सामाजिक काममा लगाउने उद्देश्यले सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चव्रmबहादुर बस्नेतले अक्षयकोष स्थापना गर्नुभएको छ । मासिक १८ हजार र बैठक भत्ता दुई हजार पाँच सय गरी २० हजार पाँच सय रुपियाँ वडाध्यक्षले सरकारबाट पाउने गर्छन् । पाँच वर्षमा प्राप्त हुने सबै तलबभत्ताको रकम जम्मा गर्न अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजले वडामा सामाजिक काम गर्न सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो ।