रुसले युक्रेनमाथि युद्ध छेडेको चार महिना भयो । त्यो युद्धका कारण प्रत्यक्ष रुने लाखौँ युक्रेनी छन्, हजारौँ रुसी पनि छन् । युद्धमा युक्रेनी मात्र होइन, धेरै रुसी पनि मारिएका छन् । आफन्त र प्रियजनको मृत्युको पीडा नहुने को नै पो होला र ? यहाँ युक्रेनी र रुसीको मृत्यु, पीडा र रुवाइ प्रत्यक्ष हो । त्यही विभीषिकाका अप्रत्यक्ष रुने संसारभरि धेरै छन् । आखिर कसैको मन ढुङ्गाको हुँदैन ।
जुन समाजमा ज्ञानीको बास हुन्छ, त्यो समाज शान्त, विकसित, सभ्य र सुसंस्कृत हुन्छ । ज्ञानीहरू अर्थात् बुद्धि–विवेक प्रयोग गरी अरूलाई चेतनाका ज्योति छर्ने पात्रका रूपमा शिक्षकलाई लिइन्छ । हरेक मानिसको सफलतामा शिक्षकको भूमिका हुन्छ । शिक्षक औपचारिक, अनौपचारिक जुनसुकै रूपमा पनि स्थापित हुन्छन् । जसले शिक्षा, ज्ञान र सत्मार्ग देखाउँछन् र जो प्रेरणाको स्रोत हुन्छन्, उसलाई नै शिक्षक वा गुरु भनिन्छ, मानिन्छ । गुरुकुलीय शिक्षा पद्धतिदेखि आधुनिक शिक्षासम्म आइपुग्दा शिक्षक र विद्यार्थी अर्थात् गुरु–शिष्यको सम्बन्धमा केही अन्तर देखिए पनि सारमा शिक्षक जहिल्यै मार्गदर्शक र सम्मानित नै हुन्छन्, उनीहरू आफ्ना शिष्यको सफलतामा दङ्गदास हुन्छन् ।
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको समूह (जी ७ )को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब अमेरिकी डलर बराबरका लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यसमा अमेरिका एक्लैले दुई खर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा अमेरिकाका राष्ट्रपति जो बाइडेनले गर्नुभएको छ ।
सप्तकोशीको पानी धरानमा ल्याउन डिपिआरको तयारी गर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ ।
मधेस प्रदेश सरकारले पहिलो पटक युवा महोत्सव आयोजना गर्ने भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा पनि सरोकारवाला पक्षले बनाउन चासो नदिएपछि स्थानीयबासीले सोमबार सडकमा धान रोपेर विरोध जनाएका हुन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।
बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट वच्न झापाका स्थानीय तहलाई तयारी थाल्न जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले झापाका १५ वटै स्थानीय तहलाई विपद तयारी थाल्न आग्रह गरेको हो ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
कुनैबेला बटुवाहरुका लागि बास बस्न प्रयोग गरिने फल्चाः आजसम्म पनि प्रयोगमा आइरहेका छन् । बढ्दो शहरीकरणले सार्वजनिक स्थलहरुको अभाव खट्कँदै जाँदा फल्चाः अहिले पनि उपयोगी देखिँदैआएका छन् । भक्तपुरको एक फल्चाःमा ज्येष्ठ नागरिकहरु आफ्ना समकक्षीसँग गफिदैँ । तस्बिर : मनोजरत्न शाही/केशव गुरुङ
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने परियोजना सञ्चालन गर्ने भएको छ ।
प्रहरीले दिलमाया सुनारको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१ घर भई हाल काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्टलाई प्रहरीले हिजो नै काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको भएपनि आज सोमबार सार्वजनिक गरेको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरूले उत्प्रेरित गरेर विकास निर्माणका कार्यमा जनतालाई विकास निर्माणमा लगाउनु पर्नेमा सुझाव विज्ञहरूको छ ।