सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कूल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
अष्ट्रेलियमा वैदेशिक रोजगारीमा पठाउने भनी नौ लाख रुपियाँ ठगी गर्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
इजिप्टको केन्द्रीय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ ।
उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ ।
म्यानमारले चीनको हाङ्जाओमा हुने एसियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा ठूलो दलको हैसियतमा रहेको नेकपा (एमाले) संसदीय दलका नेतालाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी थाल्नुभएको छ ।
भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्।
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताउनुभएको हो ।
असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् ।
नेपाली कांग्रेस ओखलढुङ्गाले जिल्लाव्यापी ‘वडा सम्मेलन’ सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।
झापाको मेचीनगरस्थित वडा ४ मा नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्काएको छ । आलेटुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जङ्गेपिलर हात्तीले भत्काएको हो ।