• ६ जेठ २०८१, आइतबार

म्यानमारले एसियाली खेलकुदमा १११ खेलाडी पठाउने

blog

म्यानमार, भदौ २२ गते । म्यानमारले चीनको हाङ्जाओमा हुने एसियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ ।

खेलकुद तथा युवा मामिला मन्त्रालयअन्तर्गतको खेलकुद तथा शारीरिक शिक्षा विभागका निर्देशक खुन जार आङले हाङ्जाओ खेलकुदमा सात खेलका खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनकसहित १७३ सदस्यीय प्रतिनिधि मण्डल पठाउने बताउनुभएको हो ।

६३ पुरुष र ४८ महिला खेलाडीले फुटबल, तेक्वान्दो, उसु, ड्रागन बोट रेसिङ, एस्पोर्ट्स, आर्चरी जस्ता खेलमा सहभागी जनाउने बताइएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने एसियाली खेलकुदमा ४५ देशका करिब १३ हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरुले ४० खेलका ४८१ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१८ मा इण्डोनेसियामा भएको एसियाली खेलकुदमा म्यानमारले उसु र सेपाक ताक्राबाट दुई पदक जितेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल