• ६ जेठ २०८१, आइतबार

चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा

blog

बेइजिङ, भदौ २२ गते । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ ।

यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिब दुई हजार वर्ष पुरानो हान राजवंशको बेलाका बाँसमा कुँदिएका सामग्रीहरु फेला परेपछि पहिलो पटक बाँसको सङ्ग्रहालय खोलेर ती पर्चाहरु प्रदर्शनमा ल्याउन लागिएको हो ।

बाँस चीनमा पहिलो पुस्तकको रुपमा चिनिन्छ । चीनमा बाँसमा नै कागजको उत्पत्तिअघि लेखन सामग्रीका रुपमा प्रयोग हुने गर्दथ्यो । बाँसका पुराना पर्चाहरुमा सो बेलामा भएको कुराकानीहरु, साहित्यहरु लेखिएको छ ।

सङ्ग्रहालय शनिबार मात्रै सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । हेक्सी करिडोरको छेउमा अवस्थित उत्तरपश्चित चीनको प्राचीन सिल्क रोडको एक भागका बारेमा बाँसका पर्चाहरुमा लेखिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल