जिल्ला अस्पतालमा अक्सिजन बुष्टर फिलिङ मेसिन पहिलो पटक स्थापना गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ मस्यौदा तयार गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।
गुल्मी अदालतमा गत आर्थिक वर्षमा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गराएका छन् ।गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी परेका कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
गबारोे कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन्।
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ ।
कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताउनुभयो । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।
सरकारले निजामती सेवा दिवसको अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।
उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
काठमाडौँ, भदौ २२ गते । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिनुभएको छ । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो । निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताउनुभयो । सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।सो ऐन संसदबाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि सङ्घीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्याेल अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षा गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इममान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ । रासस
पोखरा एयरपोर्ट पछाडि गण्डकीकै सबैभन्दा ठुलो अर्जुन चौपारीमा १ बजारमा निर्माण गरिएको हेलिप्याडमा हेलिकोप्टर सफल परिक्षण गरिएको छ ।
दमक नगरपालिकाले आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी भलिबल टिमले जितेको छ।