दाङमा सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखाैँ रुपियाँ आम्दानी गर्ने गरेका हुन्। योसँगै बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्नाले गर्मी मौसममा डढेलोका कारण सल्ला मर्दै जाने समस्या पनि रहेको छ। वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँका लागि खानेपानीलगायत सामाजिक कार्यमा लगाउने गरेका छन्।
हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी जाँचमा कडाइ गरेको छ। सवारी जाँचमा कडाइ गरिएपछि राजस्वमा पनि वृद्धि भएको छ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले तयार गरेको स्वास्थ्य सेवा ऐन २०७७ माथि सरोकारवालाले विभिन्न सुझाव दिएका छन्। इन्सेक कर्णाली प्रदेशद्वारा पञ्चपुरीको बाबियाचौरमा आयोजित समीक्षामा ऐनमा सुर्ती, चुरोट र मदिरा सेवन तथा ओसारपसार कार्यलाई कडाइ गर्ने प्रावधान ल्याउन सुझाव दिएका छन्। ऐनमा रहेको प्रावधानको कार्यान्वयन प्रभावकारी गर्न नसक्दा समाजमा बेथिति बढेको सहभागीको भनाइ छ। उनीहरूले नगरका साना तथा ठूला बजारमा सुर्ती, चुरोट र मदिरा खुलेआम बिक्री भएको, निजी मेडिकलले पनि प्रतिबन्धित औषधि बिक्रीवितरण गरेकाले उनीहरूमाथि अनुगमन गर्ने प्रावधान पनि ऐनमा समावेश गर्न आग्रह गरेका छन्।
पानी नभएकै कारण गाउँमा बुहारी भित्र्याउनसमेत समस्या भोग्दै आएका बूढीगङ्गा नगरपालिका–२, मुस्तोलावासीले ५० वर्षपछि बल्ल गाउँमा खानेपानी पाएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगबाट सोलारले पानी तानेर गाउँमा ल्याएपछि मुस्तोलावासीले बल्ल खानेपानीको सुविधा पाएका हुन् । पुस्तौँदेखि घण्टौँको बाटो हिँडेर कुवाको पानी खान बाध्य भएका मुस्तोलावासीलाई त्यो पानीले केही सहज बनाए पनि अन्य समस्या भने पुरानै रहेको
बैतडी सदरमुकामवासीलाई तीन दिनमा एक पटक पानी दिन थालिएको छ। बैतडी साना सहरी खानेपानीका पाइपमा चुना जमेर पानी आपूर्ति कम भएको भन्दै दशरथचन्द नगरपालिका–४, गढी र शाहीलेक क्षेत्रमा तीन दिनमा एक पटक पानी वितरण थालिएको हो। सदरमुकाम क्षेत्रमा एक हजार ६० वटा धारा रहेका छन्। यहाँ दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ। छ इन्च व्यास भएको पाइपभित्र चुना (क्याल्सियम) जम्दा पाइपको व्यास चार इन्चमा झरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिनुभयो।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग महाकाली राजमार्गको साहुखर्क हुँदै यात्रा गर्ने जोकोही यात्रुले खीरको स्वाद नचाख्नु अचम्म मानिन्छ। २०३२ सालदेखि साहुखर्कमा खीर बेच्दै आएका शेरबहादुर देउवाको परिचयन नै खीरबाजेका रूपमा प्रख्यात छ। गन्यापधुरा गाउँपालिका–१, साहुखर्कमा खीरको व्यापार गरेरै देउवाले करिब ४० रोपनी जमिन जोड्नुभएको छ। त्यो जग्गालाई पक्की पर्खालले घेर्नुभएको छ।
गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन ।
न्यूनतम पारिवारिक जीवनयापन नै रोजगारीको मुख्य लक्ष्य हो । परिवारका सदस्यको भरण पोषण, स्वास्थ्य, शिक्षालगायत अन्य आधारभूत आवश्यकताको परिपूर्ति रोजगारीको पारिश्रमिक वा तलबबाट सम्भव हुन नसक्ने अवस्थामा विभिन्न किसिमका समस्या सिर्जना हुन सक्छन् । यसले कर्मचारीमा निराशासमेत पैदा गर्न सक्छ । वर्तमानमा नेपालको निजामती सेवामा लगभग यस्तै स्थिति विद्यमान रहेको छ । सरकारी तलबमानबाट पारिवारिक भरण पोषणलगायत सन्ततिको शि
तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएको नौ दिनपछि १९ पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सचिवलाई बोलाएर सुशासनसम्बन्धी ३०बुँदे निर्देशन दिनुभयो । पुस २० मा मुख्यसचिव शङ्करदास बैरागीको संयोजनमा बसेको सचिवहरूको बैठकमा ३० बुँदे निर्देशन कार्यान्वयनका लागि कसले, कसरी, कहिले र के काम गर्ने प्रस्ट मार्गनिर्देशनसहितको खाका बनाएर एक साताभित्र प्रधानमन्त्री कार्यालयमा पेस गर्न सबै मन्त्रालय र विभागीय प्रमुखलाई आग्रह गर्ने निर्णय भयो ।
निराशा आफैँमा उदासीनता र निष्क्रियताको द्योतक हो । निराश जनमत मुलुकको विकास र उत्थानका निम्ति साधक होइन, बाधक मानिन्छ । यस अर्थमा परिवर्तनका वाहक मानिने युवा शक्तिमा देखिएको र देखिने निराशा मुलुकको अधोगतिको मार्गचित्र हो । विद्यमान नेपाली परिवेश करिब–करिब यही स्थितिबाट गुज्रिरहेको अनुभूत हुन थालेको छ ।
मुलुकको अर्थतन्त्र सुधार्न नसक्नुका पछाडि धेरै बहस सतहमा आएका छन् । सरकारले उत्पादन क्षेत्रमा लगानी गर्न सकेको छैन, ढुकुटीमा भएको पैसा बजारमा आएको छैन, बैङ्कको ऋण निकै चर्को छ, सरकारको आर्थिक नीति व्यवसायी मैत्री छैन, राष्ट्र बैङ्कको नीतिका कारण समग्र अर्थतन्त्र समस्यामा छ आदि आदि । तर यी सबै कारण सहायक हुन् । अर्थतन्त्र सुधार हुन नसक्नुमा प्रमुख कारण राजनीतिक सुधार अर्थात् राजनीति स्थिरता नभएर हो । राजनीति के हो, राजनीतिक सुधार कसरी गर्न
विविधताभित्र एकताको भाव रहनु नेपाली समाज तथा संस्कृतिको विशेषता हो, यही विविधताभित्रको एकताले गर्दा हरेक जात–जातिका सामाजिक, सांस्कृतिक चालचलन, रीतिरिवाज, जात्रापर्वहरूले नेपालको पहिचान कायम गरेका छन् । बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक समयमा विभिन्न जात्रा, पर्व तथा उत्सव मनाइन्छ; जसको ऐतिहासिक–सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्व छ । यस्ता रीतिरिवाज तथा परम्पराले नेपाली समाज तथा राष्ट्रिय एकता, सामाजिक स
भीमकाय मानिससँग भेट भएको दाबी गर्ने मानिस इतिहासमा थुप्रै छन् । ग्रिसका टाइटन, कैयौँ नर्वेली भीमकाय व्यक्ति, चिनियाँ महाकाय पाङ्गु तथा बाइबलमा उल्लिखित गोलियत र अनाक, अनि महाभारतका भीम विभिन्न संस्कृति र क्षेत्रमा उल्लिखित भीमकाय मानिस हुन् । यी सबैले कौतूहल जाग्छ, के महाकाय मानिस कुनै बेला अस्तित्वमा थिए ? भीमकाय मानिस थिए भन्ने एक सम्भावित उदाहरण हो ‘क्याप’ ।
होली हिन्दुको प्राचीन पर्व हो । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । अर्को एक प्रसङ्गअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई व्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्प
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्रमा राष्ट्रिय लगानी हुनुपर्ने बताउनुभएको छ। प्रेस क्लब गण्डकीको पोखरामा आयोजित अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो।