मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ ।
सुदूरपश्चिम सरकारले बनाउन लागेको नीतिमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गर्न र वार्षिक योजना तथा कार्यव्रmमहरू गर्न पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूसँग छलफल सुरु गरेको छ ।
सीमान्तकृत समुदायमा पर्ने चेपाङ जातिमा धार्मिक तथा सामाजिक कार्य गराउने ‘पाण्दे’ लोप हुँदै गएका छन् । जन्मदेखि मृत्युसम्मका सामाजिक कार्यमा धार्मिक कर्म गर्ने पण्डित, बिरामी हुँदा झारफुक गर्ने झाँक्री र ओखतीमुलो गर्ने वैद्यको काम चेपाङ समुदायमा ‘पाण्दे’ ले नै गर्छन् ।
नेपालमा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार ६० वर्षमा २५ लाख ७८ हजार कृषक परिवार थपिएका छन् । २०१८ मा १५ लाख ४० हजार कृषक परिवार थिए भने अहिले २०७८ को कृषिगणना अनुसार ४१ लाख १८ हजार कृषक परिवार कृषिमा आबद्ध छन् ।
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
धरान उपमहानगरपालिका वडा नम्बर ६ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार बनेर वडा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । बिहानैदेखि विराटनगरका बस्तीमा झाँकीहरू प्रदर्शन गरेर रथयात्रालाई थप उल्लासमय बनाउँदै दिउँसो ३ः३० बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा आरम्भ गरिएको थियो । रथयात्रामा सहभागी हुन विगतमा जस्तै यस पटक पनि हजारौँ श्रद्धालु भक्तजन विराटनगरको सडकमा उपस्थित भएका थिए ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
अर्थ मन्त्रालयले अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् ।
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
भदौ महिनाभर स्याउ टिप्न नपाइने भनेर गरिएको निर्णय कार्यान्वयन नभएको भन्दै घरपझोङ गाउँपालिकाले २५ केजी स्याउ जफत गरेको छ ।
कालीकोटको पचालझरना गाउँपालिका –९ ले टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ । वडा कार्यालयले नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्रि नम्बर प्रयोगमा ल्याएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताउनुभएको छ।