प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० जना कविहरूलाई बिहीबार पुरस्कार प्रदान गर्नुभएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्विपक्षीय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरूबारे छलफल भएको छ ।
बाँके जिल्लामा हाल आएर फेरि चोरी पैठारी गर्ने क्रम बढेको छ। भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा विभिन्न बाटोको प्रयोग गरेर चोरी गर्ने सक्रिय भएका छन्।
इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिमेटमा भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली क्रिकेटरलाई दुई लाख रुपियाँ प्रदान गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।
बैतडीको पञ्चेश्वरमा नरभक्षी चितुवाको पञ्जाबाट किशोरीको उद्धार गरिएको छ। चितुवाको आक्रमणमा परी युवतीको घाँटी र टाउकोमा गम्भीर चोट लागेको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ ।
अव्यवस्थित तार र पोलबाट मुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्व मन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधि सभा बैठकमा सांसदहरूले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालाबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफन्टा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नौ जना विशेष महिला व्यक्तित्वलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रले सम्मानित गर्न लागेको हो ।