उहाँको ऊर्जाशील समय परोपकारमा नै बित्यो तर अहिले भने उहाँको जीवन गुजारा अरूले कहिले र के दिन्छ त्यही आशमा हुन थालेको छ। बैतडीको दशरथ चन्द नगरपालिकाका ‘जेनेरेटर बाजे’ २०४३ सम्म कोही दुर्घटनामा परे वा कुनै घटनाको ताजा समाचार कतै पठाउनुपरे उपयोगी हुनुहुन्थ्यो।
विशेष अदालतले तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । झुटा विवरण तयार पारी सांसद विकास कोष र तत्कालीन गाउँ विकास समितिको रकम हिनामिना गरेको अभियोगमा मुद्दा खेपिरहेका रायमाझीसमेतलाई अदालतले सफाइ दिएको हो । विद्युतीकरणको रकम हिनामिना गरेको आरोपमा उपभोक्ता समितिका पदाधिकारीसहित जनप्रतिनिधि तथा कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज होलीमा खेलिने रङहरूजस्तै विविधतापूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौताविपरीत भएको टिप्पणी गरेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार विज्ञप्तिमार्फत उक्त टिप्प्णी गर्नुभएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।
सत्ता निकट नौ राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ ।
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गरेको छ।
गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा तम्घासमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय नागरिकले सेवा लिएका छन् ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालिकोटमा आयोजना हुने भएको छ।
सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ।
नेपाल शिक्षक सङ्घ पाँचथरको अध्यक्षमा होमप्रसाद खनाल निर्विरोध निर्वाचित हुनुभएको छ। निलगिरि मावि सुभाङका प्रधानाध्यापक खनाल आइतबार फिदिममा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो।
दार्चुलामा खाना पकाउने ग्यास लिक (चुहिएर) भएर आगलागी भएको छ । महाकाली नगरपालिका –५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका बिरामीको उपचार गर्नुभएको छ । जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रूपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका बिरामीको उपचार गर्नुभएको हो ।