कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।
अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सुनसरीको प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर संरक्षणको काम वडा कार्यालयको अगुवाइमा सुरु भएको छ । वराहक्षेत्र वडा १० प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर चार दशक अगाडि स्थानीय माईराम चौधरीले स्थापना गर्नुभएको थियो ।
जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी तथा दाना क्षेत्रको बजार अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका अखाद्य सामग्रीहरु नष्ट गरिएको छ ।
सात वर्षसम्मको निरन्तर प्रयासले १० कठ्ठा २ धुरमा सञ्चालन गरेको ल्याण्डफिल्ड साइट स्थापन भयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिनुभयो ।
चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ ।
विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।
वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो ।
थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु¥याउन लागिएको हो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।
नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाइ राम्रो रहेको पाइएको छ । चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा अटो चालकको कमाई राम्रो हुने गरेको हो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।